विदेशबाट नेपाली बिज्ञहरुको मतदातालाई अपिल

इनेप्लिज २०७६ मंसिर ७ गते ०:३७ मा प्रकाशित

नेपालमा बहुदलीय ब्यवस्थाको तीस बर्ष ब्यतित भई कैयौँ राजनीतिक परिवर्तन भईसक्दा पनि आर्थिक बिकास र समृद्ध नेपालको सपना अधुरो नै रहदै आएको छ। गत २०-३० बर्षमा हाम्रै अगाडि हामी भन्दा पछाडि रहेका कैयौं राष्ट्रहरु लोभ लाग्दो किसिमले चमत्कारिक रुपमै बिकसित भए। उक्त देशहरुको बिकासको आधार शिक्षा, सक्षम र इमान्दार नेतृत्व र प्रबिधिको विकास रहेको हामीले बिदेशमा बसेर अनुभूति गर्यौं।

आजसम्म देशले सहि बाटो लिन नसक्नुमा हामीले जिताएर पठाएका पार्टी र नेतृत्वले बिकसित देशहरुबाट पटक्कै सिक्न नसक्नु, देशको माटो सुहाउँदो मौलिक शिक्षा, अनुसन्धान र प्रविधिको विकास गर्न नसक्नु, तथ्यगत आधारमा रहेर योजना बनाउन नसक्नु,  विश्वबिद्धालयलाई राजनीतिको थलो बनाउनु, सहि ठाउँमा सहि व्यक्ति चयन गर्न नसक्नु नै हो।

यसको साथै आफ्नो योग्यता, क्षमता सिपलाई आधार मानेर सही जिम्मेवारी तोक्नुपर्नेमा देशका हरेक निकायमा राजनीतिक कार्यकर्ता भर्ना गर्ने परिपाटीले जनतामा निराशा छाएको हामीले देखेकै छौं, भोगेकै छौं।

यसै बिच मंसिर १४ मा उप निर्वाचन हुँदैछ। हामीले पुराना पार्टीहरुलाई बर्षौंदेखि मौका दिइरहेका छौं। अहिलेको उपनिर्वाचनको नतिजाले न त सरकार परिवर्तन नै हुन्छ, न त अहिलेको प्रतिपक्षका केहि उम्मेदवार बिजयी हुदैमा कुनै तात्विक फरक पर्छ।

कास्की, भक्तपुर, दाङ र धरानमा सु-संस्कृत राजनीतिको माध्यमबाट समृद्ध नेपालको परिकल्पना गरेको साझा पार्टीले आफ्ना उम्मेदवारहरु उठाएको छ। राजनैतिक पार्टीका नेतृत्वहरुलाई नजिकबाट नियाल्दा साझा पार्टीको नेतृत्व समूहले आफूलाई आफ्नो पेशा र व्यवसायमा इमान्दार र अब्बल प्रमाणित गरेर अब राजनीतिको मुहान नै सफा गर्नु पर्ने देखेर सु-संस्कृत राजनीतिमा होमिएको हामीलाई सबैलाइ थाहा नै छ।

त्यसैले हामी प्रवासमा रहेका बिभिन्न क्षेत्रका ज्ञान, अनुभव र सीप हासिल गरेका हामी जस्ता हजारौं, लाखौं नेपालीहरुलाई यथासक्य छिटो देश फर्केर आफ्नो क्षेत्रमा काम गर्ने  वातावरणको सिर्जना गर्न, पुराना दलहरुबाट दिनानुदिन अझ विकृत हुदै गैरहेको राजनीतिमा आशाको संचार जगाउन र  र पुराना दलहरुलाई सुध्रिन दवाव दिनका लागि पनि यसपटक कास्की, भक्तपुर, दाङ र धरानमा साझा पार्टीका उम्मेदवारहरुलाई तराजु चिन्हमा आफ्नो अमूल्य मत दिनुहुन यहाँहरु सबैलाई बिनम्र अनुरोध तथा हार्दिक अपील गर्दछौं।

धन्यवाद

डा.भेषराज शर्मा, बिष्णु जोशी, डा.गणेश घिमिरे, डा. ज्ञानेन्द्र भट्टराई, डा.जय प्रकाश चालिसे, डा.मेदनी संग्रौला, डा.मिलन बिमली, डा. नमूना पाण्डे, डा.राकेश देशार, सम्झना कुँवर, डा. श्याम चौरशिया, डा.सुदर्शन अर्याल, डा. सुरेश शर्मा, डा. सुशील राज पौडेल, डा. राजेन्द्र पंगेनी, डा.दिवाकर सिग्देल, डा राज श्रेष्ठ, डा कमल पाण्डे, अर्जुन सुबेदी, डा यादव पौडेल, पुर्णिमा ज्ञवाली लगायत हामी ४ दर्जन बैज्ञानिक तथा विज्ञहरु हरुको तर्फबाट

मिति: ६ मंसिर २०७६

प्रतिक्रिया