मधुमेयका रोगीलाई खुसीको खबर, खाना जति खाएपनि आफै सुगर नियन्त्रण गर्ने प्रविधि आउदै, यसरी गर्छ काम

इनेप्लिज २०७६ कार्तिक २९ गते १३:२४ मा प्रकाशित

वरिष्ठ मधुमेय, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर तिर्थलाल उपाध्यायले विश्व मधुमेय दिवसको अवसरमा सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन आग्रह गर्नुभएको छ ।

पोखरामा लायन्स क्लबले आयोजना गरेको कार्यक्रममा उपाध्यायले विश्वमा मधुमेहको संक्रमण र नेपालमा यसको अवस्थाबारे प्रकाश पारे ।

उनले विश्वका ४३ करोड मानिस मधुमेहबाट पीडित रहेको तथ्यांक पेश गर्दै नेपाल जस्तै विकासशील देशमा मधुमेहका रोगीको संख्या दिनानुदिन बढिरहेकाले समयमै यसबारे सजगता र भएसकेको भए उचित उपचार जरुरी हुनेमा जोड दिए । साथै उहाँले प्रविधिको विकास संगै सुगर रोगीहरुका लागि निकट भविश्यमा एउटा चिप्स आउदै गरेको बताउनुभयो ।

कम्प्युटरको चिप्स जस्तै सो चिप्स रोगीलाई खुवाएपछि इन्सुलिनको मात्रा मिलाउन त्यसले सहयोग गर्नेछ । हेर्नुहोस यो भिडियो ।

 

प्रतिक्रिया