भानुमा चितुवाको मुखबाट फुत्किएकी बालिका पहिलो पटक मिडियामा, घाँटीभरी प्वाल नै प्वाल (भिडियो)

इनेप्लिज २०७६ कार्तिक २७ गते ११:१९ मा प्रकाशित

गत कार्तिक २ गते भानु २ की १३ बर्षिय बालिका सोनी अच्छामीमाथी चितुवाले आक्रमण गर्यो । माथिल्लो घरबाट आफ्नो घरतर्फ दिदी बहिनी आउँदै गर्दा सोनीमाथी एक्कासी आक्रमण गरेर तल्लो भूभागमा घिसार्दै लग्यो । बल्ल नजिकैका एक व्यक्तिले देखेर कराउँदा चितुवाले उनलाई त्यही छाडेर गयो । उनको उपचारपछि अवस्था सामान्य हुँदै छ तर पनि उनी राम्रोसंग बोल्न सक्दिनन् । भानुमा उनी बस्नै मान्दिनन्, हर पल मनमा डर छ र मामाघर बेशीसहर गएर बस्ने उनको चाहना छ ।

पछिल्लो पटक भानुमा बालबालिका माथी चितुवाको आक्रमण बढेपछि त्यहाका स्थानीयहरु त्रासमा छन् । सोनीको परिवारले पनि अब छोरीलाई मामाघरमै लगेर राख्ने निणर्यसमेत गरेको छ । सोनी घरमा आएपछि घरमै बाघ उनलाई खोज्दै आएको र गाउँलेहरुले हरेक दिन सोनीकै घरमा बाघ देख्ने गरेको समेत बताए ।

प्रतिक्रिया