जर्जिया पठाई दिन्छु भन्दै साढे ७ लाख ठगी गर्ने एकजना पक्राउ

इनेप्लिज २०७६ कार्तिक २२ गते १२:३९ मा प्रकाशित

काठमाडौँ, २२ कात्तिक । जर्जिया पठाई दिन्छु भनी साढे ७ लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरी नगरपालिका वडा नं. १ वस्ने ४३ वर्षीया रामकृष्ण राई रहेका छन् ।

राईले जर्जियामा मासिक ९० हजारको क्लिनरको काम लगाइदिने भन्दै दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ६ घर भई काठमाडौँ महानगरपालिका ३२ कोटेश्वर बस्ने कामे शेर्पाबाट ७ लाख ५० हजार रुपैयाँ ठगी गरी सम्पर्क विहिन थिए । सम्पर्कविहिन भएको जाहेरीका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

राईलाई खोजतलास गर्दै जाने क्रममा कात्तिक २१ गते मोरङ जिल्लाको उर्लावारीमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा निजले राजन राईबाट ३५००००।–, ईन्द्र लिम्बुबाट ५,००,०००।– रकम लिई ठगी गरेको खुल्न आएको छ । निजले अन्य व्यक्तिहरु समेतलाई ठगी गरेको हुन सक्ने सम्भावना रहेकोले समयमै सजग र सचेत रहन हुन सम्पुर्ण महानुभावहरुमा प्रहरीले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया