दुष्ट छिमेकी -अर्जुन राज पन्त

अर्जुन राज पन्त-(कवि पन्त ब्यङ्ग्य काव्य " काेइली"का लेखक हुन) २०७६ कार्तिक २२ गते ११:३७ मा प्रकाशित

 

दुष्ट पर्याे छिमेकी याे गर्छ अतिसार
दुख दिन्छ सिमा सार्छ उसले बारम्बार
उसकै छ त त्यत्राे भूमि लुट्छ अझै पनि
निर्धाे देशको जग्गा बस्ति मेरै हाे याे भनि

नाकाबन्दी गर्दै राेक्छ अाेखती र मुलाे
मानबताकाे अपराध गर्छ सबैभन्दा ठूलाे
बिपद पर्दा गर्छ उसले परे जस्तो पिर
उद्धारमा नि जासुस गर्न जान्छ हिमाल तिर

जबान लान्छ पानि तान्छ जङगलैनि खान्छ
सदियौँकाे हाम्रो भूमि उतै लुटि लान्छ
मान्छे लुटि नपुगेर लुट्छ देउता पनि
बुद्ध सिता जस्ता पनि उतै जन्म्या भनि

न स्विकार्छ इतिहास नै न त कानुन मान्छ
लाज पचाउदै झुटाे बाेल्न बिश्व सामु जान्छ
यस्ताे दुष्ट छेउमा भा नि न त कुनै बार छ
पिलर सार्छ जग्गा च्यापछ आफै तिर पार्छ

धन्न रै छ सगरमाथा निकै धेरै माथि
छेउमै भए आउथ्याे हाेला पिलर सार्दै राति
सन्जिबनि अमृत बुटि लान्छ उसले त्यता
रड्डि सामान बिष हालेर पठाइ दिन्छ यता

राम्रो कुरा सबै लान्छ यताबाट उता
मात्र दिन्छ हुर्काएर काम नलाउनि नेता
जस्ताे सुकै अपराधी हाेस दिन्छ उसले शरण
अाफ्नाे गाेटि बनाउनलाइ गर्छ पाेषण भरण

मदारीले दाय जस्तै बाँदर पारि जालमा
तालिम दिइ नचाएकाे छ बाँदर अनेक तालमा
कहिँले फेर्छ नाच्नि बाँदर कहिले उसकाे ताल
छानि छानि फेर्छ बाँदर हानि महाजाल

गार्हाे पार्याे छिमेकीले न त मिल्छ फेर्न
लाैन आइजा ठूलै शक्ति हाम्राे पिंडा हेर्न

 

 

प्रतिक्रिया