तिम्रो बाँसुरिले मनै मघ्न हुन्थ्यो
जब डुल्दथ्यौ बालसखा त्यो बजाई
न छलछाम तिम्रो त्यो मनमा भेटिन्थो
त्यसैले त मनमा गरेछौ रजाईं!
सुनिन्छ सँधै भोग मिष्ठानमा पल्की
कलीमा सुतेको धेरै वर्ष भो’ रे
त्यसैले कता छौ कुनै छैन ज्ञान,
सँधै चित्त चन्चल छ लाग्दैन ध्यान!
हरे कष्ण रथ को लिलामी हुने भो
सम्हालौं कति पाञ्चजन्य पुजेर
माहाभारतै यो सकिने भो बेला
पितामह् कुरिनै रहेछन् लडेर!
अति भो हे कृष्ण, कलिको लुकाई
काँहा खोजौं अश्रुको सागर बगाई
यहाँ कंसको राज्य सिमै रहेन
सुधामाको दिन नि त्यो फिर्ने भएन्!
सुभद्रा पराजुली , भर्जिनिया
प्रतिक्रिया