एनआरएनए नाइजेरियाले अर्धाखाचीका ब्लडक्यान्सर पीडित न्यौपानेलाई सहयोग गर्ने

इनेप्लिज २०७६ कार्तिक २१ गते २३:३६ मा प्रकाशित

लेगोस , नाइजेरिया । एनआरएनए नाइजेरियाले अर्धाखाची , शितगङ्गा नगरपालिका – ५ का नारायण प्रसाद न्यौपानेलाई उपचार सहयोग बापत रु ७१ हजार १६० सहयोग जुटाएको छ । ब्लड क्यान्सर ले पीडित भै सिभिल अस्पताल काठमाडौंमा न्यौपाने उपचार गराई रहेका छन ।

एनआरएनए नाइजेरियाका अध्यक्ष रोशन थापाले सहयोग जुटी सकेको र सो रकम छिट्टै नै उनलाई पठाउने जानकारी दिएका छन । साथै सहयोगीहरु हिक्मत थापा , चिरञ्जीवी रोका , बिश्वास पौडेल , संजय थापा , शंकर बर्मा , बिरेन्द्र गुप्ता,प्रकाश सिङ्ग्डेन ,अभिषेक मान सिंह , सोमेश अर्याल,भरत रिजाल,सुशान्त गिरी , रोशन थापा र ईन्द्र टन्डनलाई संघको तर्फबाट धन्यवाद ब्यक्त गरेका छन ।

प्रतिक्रिया