“म्याकुरी” जिवनको टर्निङ पोईन्ट हो पवन खतिवडा हाँस्य (कताकार) भिडियो सहित

इनेप्लिज २०७६ कार्तिक १८ गते २३:३२ मा प्रकाशित

गोपाल काफ्ले पथरी

सामाजिक संजालको प्रयोगबाट छोटो समयमा चर्चाको शिखरमा धेरै कलाकारहरु पुगेका छन । युटुवले भाग्य न्यौपानेको भाग्य थपिदिएको छ भने टिक टकले टुइएन्स गर्ल प्रिज्मा र प्रिन्सा खतिवडाको भाग्यनै चम्काईदियो । सामाजिक संजालले बाल गायक अशोक दर्जि, गायक टंक बुढाथोकी, कर्यक्रम संचालक सिसिर भण्डारीलाई बालक देखि वृद्धा संम्मको मनमा पुर्यायो ।

सामाजिक संजालले कुन बेला कस्लाई कहा पुर्याउछ पतै हुदैन्न । पछिल्लो समय सामाजिक संजाल मार्फत बालबालीका देखि वृद्ध वृद्धा सम्मको मन जित्न सफल भएका अर्का हाँस्य कलाकार हुन पवन खतिवडा (म्याकुरी) । दुई भाइ पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरेले पिके भाईन्स युटुब च्यानलमा भिडियोहरु निर्माण गर्दै कलाकारीतामा छिरेका हुन् । धेरै हाँस्यब्याङग टेलिसिरियलको स्कृप लेखनमा सघाउदै आएका म्याकुरी चाडै र्धुमुस सुन्तली द्धारा निमाण हुदै गरेको ठुलो पर्दाको चलचित्र सेन्टिस भाईरसमा देखा पर्दैछन ।

यतिबेला सुटिङ र स्टेज प्रोगाममा ब्यास्थ रहेका म्याकुरी दर्सकहरुको पहिलो रोजाईका कलाकार बनेका छन । स्टेजमा सुमन घिमीरेका साथमा देखिने म्याकुरी अविवाहिद हुन । भविष्यमा युवा पुस्ताले रुचाउने हाँस्यब्याङ टेलिसिरियलको तयारीमा रहेका म्याकुरी संग संचारकर्मी बिबेक न्यौपानेले गरेको कुराकानी ।

धनकुटामा २०५१ मा जन्मीएका पवन खतिवडा सानै देखि कलाकारीतामा लगाब भएको बताउछन । कलाकारीकाको नशा भएका कारण ५ अगाडी काठमाडौमा भविष्य खोज्दै आएका पवनलाई म्याकुरी थेगोले नै चर्चाको शिखरमा पुर्याे । पारिवारीक बातावरण नै कलाकारीता र साङगेतिक प्रेमि भएकाले कलाकारीता क्षेत्रमा लाग्न समस्या भोग्नु नपरेको उनि बताउछन ।

बलक अवस्थाबाटै साहित्यमा रुचि भएका कारण स्टेज चड्न र कार्यक्रम संचालन गर्न खासै समस्या परेन । बुवा शिक्षक आमा राम्रै गित गाउने भएकाले पवनले पनि केहि समय गायनको कक्षा लिए । म्याकुरी आधुनिक सैलिको कमेडियन भएकाले जहाँ पनि जति खेर पनि मानिसलाई घोचेर स्याटर हान्न पछि पर्दैन्न । पढाइमा सधै नम्बर १ हुने भएकाले म्याकुरीले ईन्जिनियरिङ पनि पढे । विज्ञानमा समेत आफ्नो रुचि भएकाले काठमाडौमा कलाकारीता संगै बिज्ञानमा मास्टर गर्दैछन ।

छोटो समयमा चर्चामा आए पनि यो उपलब्धी सहजै भने पाएन्न म्याकुरीले यो अवसरका लागि धेरै दुख पाएका छन म्याकुरीले । घरबाट ईन्जिनियर बन्न काठमाडौ आएका म्याकुरी काठमाडौमा आएर कति रात भोक भोकै बस्नु परेको र अग्रज कलाकारको नमिठो ब्यावहार संम्झदा अहिले पनि मन रुने गरेको बताउछन पवन खतिवडा म्याकुरी ।

प्रतिक्रिया