स्मिता र टंकको ’चिटिक्कै परि बस’मा सरोज र आश्मा

इनेप्लिज २०७६ कार्तिक १८ गते ११:५७ मा प्रकाशित

 

’कार्टुञ्ज क्रु’ले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । टंक बुढाथोकी र स्मिता दाहालको स्वर रहेको गीतको भिडियोमा काटुञ्ज क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा र दिपिका कार्की देखिएका छन् । सुनिता नेपाल सुवेदीको शब्द रहेको गितमा दीपक शर्माको संगीत, उदयराज पौडेलको ऐरेन्ज तथा श्याम स्वेत रसाईलीको मिक्सींग रहेको छ ।

गीतको भिडियो कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् भने सरोज ओलीको निर्देशन, नवराज उप्रतिको छाँयाकन रेनिश फागोको रङ संयोजन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियो ।

प्रतिक्रिया