युरोपको पर्यटकीय मुलुक पोल्याण्डमा बिकास दोङको संयोजकत्वमा ‘साझा सद्भाव…

इनेप्लिज २०७६ कार्तिक १७ गते ९:४२ मा प्रकाशित

युरोपको पर्यटकीय मुलुक पोल्याण्डमा बिकास दोङको संयोजकत्वमा ‘साझा सद्भाव समूह पोल्याण्ड’ गठन भएको छ।समूहको उप संयोजकमा प्रदीप रैला, सचिव सुदर्शन पन्त,कोषाध्यक्षमा आयुष घिमिरे तथा सदस्यहरुमा युवराज आदि, मोहन भट्टराई र आशाकाजी नगरकोटी रहेका छन्।

यो प्रारम्भिक समिति भएको र बिभिन्न शहरहरुमा सद्भाव समूह बिस्तारसंगै यसलाई बिस्तार गर्दै लगिने कुरा संयोजक बिकास दोङले बताए।

अमेरिका लगायत जापान, बेलायत, भारत, दक्षिण कोरिया, ओमन, कुवेत, साउदी अरेविया र युएईमा यसभन्दा पहिले नै सद्भाव समूहहरु बनिसकेको अन्तर्राष्ट्रिय सद्भाव समूहका संयोजक राजेन्द्र पंगेनीले बताए।

प्रतिक्रिया