आलमले गुण्डा पाल्ने र कुकार्य गर्ने गरेको शेरबहादुर देउवालाई थाहा थियो-सुन्दरमणि दिक्षित (भिडियोसहित)

इनेप्लिज २०७६ कार्तिक १५ गते १०:३८ मा प्रकाशित

 

काठमाडौं, १४ कात्तिक । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सांसद मोहम्मद अफताब आलमले कुकार्य गर्ने गरेको जानकारी भएको तर्क गरेका छन् । उनले आमलको यथार्थ जानकारी भएकैले देउवा उनलाई जोगाउन बोलेको आरोप लगाए ।

‘शेरबहादुर देउवाजीलाई आलमले गुण्डा पाल्ने गरेको र गलत काम गर्ने गरेको पूर्ण जानकारी थियो,’ प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग भने, ‘त्यसैले उनले बोले ।’ देउवाले बोल्न नहुने बोले गम्भीर गल्ती गरेको आरोप लगाए ।

अफताब दोषी हुन् भन्ने आफूलाई लागेको भन्दै कानुनबमोजिम कारबाही गर्नुपर्ने बताए । उनले अपराधीलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने बताए ।
देशमा सिद्धान्त, नैतिकता नभएका नेता भएकाले समस्या आएको बताए । देशले राजनेता खोजिरहेको बताए ।

हेर्नुहोस् भिडियो:

https://www.youtube.com/watch?time_continue=2&v=cbAN6ckIzco

प्रतिक्रिया