शुक्रबार, मंसिर ६ २०७६
काठमाडौं ०६:०४
वासिङटन डिसी 19:19

शैलेन्द्र सिम्खडाको आरोप : सिस्नुपानी केपी ओलीको भजनमण्डली भयो (भिडियोसहित)

इनेप्लिज २०७६ कार्तिक १३ गते १:३७ मा प्रकाशित

 

काठमाडौं, ८ कात्तिक । व्यंग्यकवि शैलेन्द्र सिम्खडाले सिस्नुपानीबाट आफू बाहिरिएको घोषणा गरेका छन् । सिम्खडाले सिस्नुपानीमा राजनीति हाबी भएको र केपी शर्मा ओलीको भजनमण्डली भएकोले आफू बाहिरिएको घोषणा गरेका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘‘चार–पाँच वर्षपछि लागेर उहाँहरुले मलाई देउसीमा सहभागी गराउनुभयो । मैले दुई वर्ष प्रस्तुति दिएँ, जसलाई निकै मन पराइएको पनि थियो । यसपालि पनि मैले आफ्नो तयारी गरिसकेको थिएँ । तर उहाँहरुले मलाई नेताहरुले अप्ठ्यारो मानेकाले यो देउसीमा तपाईंलाई समावेश गर्न सकेनौं भनेर पन्छाउनुभयो ।’

आफ्नो प्रस्तुती नेतालाई बिझाउने र दर्शकलाई रिझाउने खालका हुने भन्दै दर्शकलाई बिझाउने र नेतालाई रिझाउने बाटोमा सिस्नुपानी गएको हो भने त्यो दुर्भाग्यपूर्ण हुने बताए । सिम्खडाको व्यंग्य कवितामा राजनीतिक नेतृत्व र चरित्रमाथि कटु प्रहार गरिएको हुन्छ । तर, आफ्नो प्रस्तुतीमाथि अहिलेसम्म कुनै पनि नेताले असन्तुष्टि प्रकट गरेको उनको अनुभव छैन । ‘मैले हास्यव्यंग्य क्षेत्रमा ३७ वर्ष बिताएँ ।

फरक प्रसँगमा उनले गुलियो, चिल्लो आफूले नखाने पनि बताए । उनले भने,‘म चाची र आचाी खान्न । चाची भनेको चामल र चिल्लो, आची भनेको आलु र चिनी हो । मेरो हेल्थ टिप्सको प्रेरणाको स्रोत महानायक राजेश हमाल हो ।’ उनले आफू विहान एक घण्टा ब्याडमिन्टन खेल्ने गरेको सुनाए । उनले भने,‘म विहान पसिना निकाल्ने गर्छु । म सरकारको पक्षमा र विपक्ष दुवैमा होईन।’ उनले नेपालका नेताहरु जनतामूखी भन्दापनि अवसरमुखी भएको आरोप लगाए ।

प्रतिक्रिया