काठमाडौंमा आलुपार्टी हास्यव्यॅंग्य सम्पन्न

इनेप्लिज २०७६ कार्तिक १० गते ३:३३ मा प्रकाशित

ईनेप्लिज विशेष प्रतिनिधि विगत २०३४ सालदेखि काग तिहारको दिन मनाउॅंदै आएको “आलुपार्टी” यसपाली पनि जावलाखेलको रामकुमार पाण्डेको पाण्डे पाराडाइजमा परम्परा अनुसार मनाईयो ।

कार्यक्रममा स्वागत गर्दै रामकुमार पाण्डेले ४ जनावाट २०३४ सालमा शुरू भएको यो कार्यक्रममा आलुका १७ परिकार र १५० सम्म सहभागी भएको तथा नदोहोरिएका कूल २५० सहभागी भएको वताए ।

समाजको विकृति विसंगति हटाउन ज्यानमारा खोर्सानीको धूप हालेर, तथा शंख वजाएर शुरू गरिएको सो कार्यक्रममा सन्तोष पन्त, शैलेन्द्र सिन्खडा, दमन रुपाखेती, सुनिता दुलाल, जेनि खालिङ, नक्कली प्रचण्ड घनश्याम गौतम, नक्कली ओलि सुरेश तिमिल्सिना , कल्याण राना र साहित्य तर्फ बम बहादुर जिताली , दिल्ली प्रशाद मूल तिहुन, डम्बर घिमिरे, टेकबहादुर कोइराला, गोबिन्द गिरी प्रेरणा,सिताराम अधिकारी,अजय अधिकारी, शिरोमणी दवाडी लगायत ब्यङ्ग्य चित्रकारमा अशोकमान सिङ्हको उपस्थिती थियो। आलु र आलुनीको सभापतित्वमा भएको यश कार्यक्रमको प्रमुख अतिथी फुटेको चस्माजुत्ताको सुतेली बनाइएको थियो।

डम्बर घिमिरेको कबिता सुहागरातमा निदा लागेन भन्दै कुपुत्र जन्मने डरले निदा नपरेको हास्य उत्कृस्ट ब्यङ्ग्य बनेको थियो भने बालिका आहना कार्किको नाच सबैलाइ मन्त्रमुग्ध बनाएको थियो। कार्यक्रममा आलु पुरस्कार स्वरुप तातो, रातो, सेतो, बीउ राखेको आलु, उम्रेको आलु, चाउरे आलु, काचो आलु, उसिनेको आलु, कुहिएको आलु पुरस्कार स्वरुप सम्मान पत्र दिइएको थियो।

 

प्रतिक्रिया