बेलायतको दक्षिणपूर्वमा एउटा मालबाहक डिब्बे ( ट्रक कन्टेनर)गाडीमा मा ३९ जना शव फेला

इनेप्लिज २०७६ कार्तिक ६ गते १०:३३ मा प्रकाशित

बेलायतको दक्षिणपूर्वमा एउटा मालबाहक डिब्बे ( ट्रक कन्टेनर)गाडीमा मा ३९ जना शव फेला परेको छ । आकाशबाट लिइएको तस्बिरबाट विधि चिकित्साशास्त्र सम्बन्धि प्रहरी उक्त स्थानमा आएको देखिएको छ ।

अक्टोबर २३ का दिन बिहान उक्त दुखद समाचार बाहिर आएको छ । उक्त ट्रक कन्टेनर (मालबाहक डिब्बे गाडी)_भित्र यसरी ३९ जना को शव प्राप्त भए पछि उनीहरु बुल्गेरियाबाट आएको अनुमान गरिएको छ ।

उक्त मालबाहक गाडी गत शनिबार वेल्स पोर्ट बाट बेलायत छिरेको हुनाले उपचारका लागि रोगी-वाहन(एम्बुलेन्स )हरु वाटरगेट औधोगिक क्षेत्रमा देखिएका छन् । यत्रो ठूलो जनको क्षति भएकोले अनुसन्धान भै रहेको अधिकारीहरुले जनाएका छन् । मृतकहरुको पहिचान गरिने र यो प्रक्रिया निकै लामो हुने प्रहरीले बताएका छन् ।

यसै शिलशिलामा उत्तरी आएरल्याण्ड का २५ बर्षिय मानिसलाई हत्या गरेको हुन् सक्ने आशंकामा पक्रिएको छ र उनि हाल कारागार मै रहेका छन् ।

श्रोत :एनबिसि वाशिंगटन डटकम

प्रतिक्रिया