शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

इनेप्लिज २०७६ कार्तिक ५ गते १०:३७ मा प्रकाशित

मदनकृष्ण सिलवाल

काठमाडौँ, कार्तिक ४ । काठमाडौँ महानगरपालिका वडा नं. ७ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

२०७६ सालको दशैँ, तिहार, नेपाल सम्वत. ११४० एवं छठ लगायत समस्त नेपाली पर्वहरुको उपलक्ष्यमा वडावासीहरुबीच भाइचारा सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ आउँदो कार्तिक ९ गते शनिवारको दिन चावहिल गणेशस्थान चौरमा विहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म आयोजना गर्न लागेको हो ।

कार्यक्रममा वडाबासीहरुको व्यापक सहभागिताको लागि निमन्त्रणापत्र वितरण एवं सामाजिक सञ्जालहरुमा समेत सूचना प्रकाशित गरिएको काठमाडौँ वडा नं. ७ का वडा सदस्य एवं प्रचार संयोजक कृष्णमणि भट्टराईले बताउनुभयो ।

आपसी भाइचारासम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष शुद्धकुमार डंगोलले बताउनुभयो । साथै डंगोलले निमन्त्रणपत्र प्राप्त गर्न नसक्नु हुने सम्पूर्ण वडावासीहरुलाई कार्यक्रममा सहभागि हुन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया