नेपाली दूतावास लण्डनले नेपाली सेनालाई सम्मान

रोशन मेवाहाङ २०७६ कार्तिक १ गते २३:३३ मा प्रकाशित


रोशन मेवाहाङ /इनेप्लिज डट कम-
लण्डन । संयुक्त अधिराज्य वेलायतमा हरेक बर्ष हुने सैनिक पट्रोल प्रतिस्पर्धा ‘क्याव्रियन पट्रोल २०१९’ का स्वर्ण पदक विजेता नेपाली सेनालाई नेपाली दूतावास लण्डनले विशेष सम्मान गरेका छन् ।

सम्मान कार्यक्रममा दूताबास लण्डनका महामहिम राजदूत डा दुबसु (दुर्गाबहादुर सुवेदी) र नेपाली सेनाका तर्फबाट साहेक रथि कुमारबाबु थापा द्घारा सयुक्त रुपमा ‘क्याव्रियन पट्रोल २०१९’ का विजेता नेपाली सेनाहरुलाई माल्यपर्ण गर्दै राजदूत सुवेदीले भने, ‘नेपाली सेनाको सान,मान, प्रतिष्ठा र अथक प्रयासका कारण विश्वभर छरिएका नेपालीहरुको शिर सधै उच्च रहने छ ।’


नेपाली सेनाका टिम प्रबन्धक प्रमुख सेनानी असिमदेव गुरुङ र टिम कमाण्डर सह–सेनानी कसम श्रेष्ठ, व्रिगेड अफ गोर्खाजका व्यावस्थापन लगायत समुहलाई डा दुबसुले दूताबास लण्डन र नेपाल सरकारको तर्फबाट विशेष सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा प्रमुख सेनानी गुरुङले दूताबास लण्डनलाई श्री पशुपतिप्रसाद गण तथा ‘क्याब्रियन पट्रोल २०१९’ का तर्फबाट संझना स्वरुप मायाको चिनो दिएका थिए । बेलायतकालागि नेपाली सेना अधिकृत साहेक रथि थापाले नेपाली सेनाहरुलाई दूताबास लण्डनको कार्य शैली, भिषा प्रक्रिया र परिसरको अवलोकन गराएका थिए ।


उक्त कार्यक्रममा निरोज अधिकारीले भने, ‘नेपाली सेनामा हुने हरेक बर्षको आन्तरिक प्रतियोगिताको नतिजाले यो प्रतिस्पर्धामा भाग लिन अवसर मिलेको हो ।’ गणपतिको सैन्य नीति र बेलायती पहिलो गोर्खा रेजिमेन्टको व्यावस्थापन र बटालियनका तालिम प्रशिक्षक कलर साजन्र्ट खोविन्द्र गुरुङको अथक अभ्यासका कारण जुन उपाधि हात पारिएको हो ।

नेपाली सेनाका धु्रव अधिकारीले भने, ‘बेलायती मौसम,डाडा काडा र खोलानालाले जति चुनौती दिए पनि हामि नेपाली सेनाले जस्लाई यात्रा संझेर अघि बढिरहिम आखिर त्यो नै हाम्रो सफलता बन्यो ।’

वेल्सस्थित बेलायती सेनाको अत्यन्त कठिन तामिक केन्द्र जहा मौसमको चुनौती र भौगोलिक क्षेत्रमा हुने यस प्रतिस्पर्धी सहभागिहरुले करिब ५० पाउण्ड तौल र लगभग ५० किलोमिटर दूरीमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया