कार्टुन क्रु को ‘कु कु कु’को म्युजिक भिडियो सार्वजनिक [ भिडियो ]

इनेप्लिज २०७६ कार्तिक १ गते ११:३३ मा प्रकाशित

 

पछिल्लो समयको सर्वाधिक सफल डान्सीङ्ग ग्रुप द कार्टुन क्रु फिचर गायक सचिन रौनियारको ‘कु कु कु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रकाश सापकोटाको शब्द  सचिन अनि जितेन लेप्चाको संगीत रहेको गीतमा फणिन्द्र राइको एरेन्जमेन्ट रहेको छ । कार्टुन क्रुका  सरोज अधिकारीको कोरियोग्राफी , कन्सेप्ट र  निर्देशनमा बनेको भिडियोमा  ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र लाक्पा डी लामाको सम्पादन रहेको छ ।द कार्टुन क्रु को अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा आमा न भएकी सानु छोरीको कथा संग जोडिएर बनाइएको छ जहाँ जुनियर कार्टुन क्रु का साना साना भाइ बहिनीहरुको नृत्य तथा अभिनय पनि रहेको छ ।

बिगत ३ दशक देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको यस अघिका धेरै गीतहरु दर्शकले अत्याधिक रुचाएका छन् ।

प्रतिक्रिया