अमेरिकामा “ बीर गणेशमान “ प्रर्दशन हुने ।

इनेप्लिज २०७६ असोज २३ गते २३:३० मा प्रकाशित

सर्वोच्च नेता गणेशमान सिंहको जीवनमा आधारित चलचित्र “बीर गणेशमान“आउँदो नोभेम्बर १० तारिख देखि १७ तारिख सम्म अमेरिकाको विभिन्न शहरहरूमा प्रर्दशन गरिने भएको छ। नेपाली जनसम्पर्क समिति अमेरिकाको विभिन्न राज्यका च्याप्टरहरूले २०४६ सालको जनान्दोलनका सर्वोच्च कमाण्डर, निष्ठा साहस त्यागका प्रतिमुर्ति, लोकतन्त्रका महान सेनानी, लौह पुरूष गणेशमान सिंहको १०५औं जन्मजयन्तीको अवसर पारेर चलचित्र “बीर गणेशमान” अमेरिकामा प्रर्दशन गर्न लागेको कुरा नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय महासचिव मुनिन्द्र नेम्बाङले जानकारी दिनुभएको छ ।

उक्त “बीर गणेशमान” चलचित्रको प्रर्दशन गर्ने कार्यक्रममा नेपाली काँग्रेसका प्रभावशाली नेता, पूर्व महामन्त्री एवं नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह पनि उपस्थिति हुने कुराको खबर गणेशमान प्रतिष्ठानका सदस्य एवं काँग्रेस नेता श्री राजुराज जोशी मार्फत आफुले थाहा पाएको समेत महासचिव नेम्बाङले बताएका छन्। अमेरिकाको विभिन्न राज्यमा रहेका नेजस अमेरिकाको च्याप्टरहरूले चलचित्र “ बीर गणेशमान “को भव्य प्रर्दशन गर्ने तयारी शुरू गरेका छन् ।

जय अनुसार नेजस न्यूयोर्क च्याप्टरले आउँदो नोभेम्बर १० तारिख आईतवारको दिन न्यूयोर्क शहरको (Gulshan Terrace ) गुल्सन टेरेसको हलमा देखाउँने बन्दोबस्त मिलाएको छ । मेरिल्याण्ड र भर्जिनिया च्याप्टरले भने सम्युक्त रूपमा नोभेम्बरको १२ अथवा १३ तारिकको दिनमा मिति तय गरेर देखाउँने भएका छन् । त्यस्तै नेजस फोर्ड वर्थ च्याप्टर डलासले नोभेम्बर १६ तारिख शनिवारको दिन टेक्सासको डलास शहरमा प्रर्दशन गर्नेछन्, भने क्यानिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरमा नर्दनकालिफोर्निया च्याप्टरले नोभेम्बर १७ तारिख आईतवारको दिन “ बीर गणेशमान “ चलचित्र भव्य रूपमा प्रर्दशन गर्ने तयारी गरेको छ ।

एउटा बरिष्ठ राजनीति र लोकतान्त्रिक योद्धाको जीवनमा आधारित यस्ता चलचित्रले निरंकुशताको बिरूद्ध लडेका इतिहासलाई जीवित राख्न र लोकतन्त्रको पक्षमा हमेसा लड्ने तागत हाम्रो धमनीमा भर्न ठूलो सहयोग पुर्याउँने कुरा बताउँदै, महासचिव मुनिन्द्र नेम्बाङले निष्ठा साहस त्यागका प्रतिमुर्ति, फादर अफ डेमोक्रेसी, लौह पुरूष, सर्वोच्च नेताको जीवनमा आधारित यो ऐतिहासिक चलचित्र “ बीर गणेशमान “ लाई एकपटक हेरेर सम्मान प्रकट गरिदिनुहुनको लागि चलचित्र प्रर्दशन हुने एरियामा बसोवास गर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईलाई अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया