न्यूयाेर्कमा स्वर्गीय सन्त बहादुर राईकाे सम्झना

तारा भट्टराई २०७६ असोज २० गते १५:०९ मा प्रकाशित

तारा भट्टराई न्यू योर्क । युनाइटेड किराँत राई अर्गजाईजेसन अफ अमेरिकाले स्वर्गीय सन्त बहादुर राईकाे सम्झनामा शाेक सभाकाे आयाेजना गरेकाे थियाे।

ज्याक्सनहाईटकाे घ्याल्सुम्दाे सेवा सँस्था कार्यालयमा हिजाे अक्टाेबर ६ तारेख आईतबारकादिन साे सभाकाे आयाेजना गरेकाे हाे।

स्वर्गीय राई राष्ट्रिय योजना आयोगको पूर्व अध्यक्ष, लाेकसेवा आयाेगका अध्यक्ष र नेपाल सरकारकाे आवास र भौतिक योजना मन्त्रालयको सचिव हुनुहुन्थ्याे। पन्चायत कालमा उहॉ राज परिषदको सदस्य लगायत बिभिन्न उच्च पदहरु पनि समाल्नुभएकाे थियाे।

उहॉ नेपालमा किरॉत समुदायबाट याे स्थानमा पुग्ने पहिलाे व्यक्ति पनि हुनुहुन्छ। बिस १९९३ सालमा जन्मनुभएका राईकाे गत भाद्र २३ गते निधन भएकाे थियाे।

संयुक्तराष्ट्र संघका लागी नेपालका स्थाई प्रतिनिधी महामहिम अमृत राई र न्यूयाेर्क भ्रमणमा रहनुभएका प्रा. डा. नोबल किशोर राईले श्रद्धान्जली सभामा बोल्दै देशले एउटा निर्भीक , बुद्धिजीवी र अत्यन्त निष्ठावान व्यक्तित्व गुमाएकाे र देशविकासमा उहॉकाे अहं भुमिका समेत रहेकाे बताउनु भयाे।

कार्यक्रममा अन्य वक्ताहरुलेपनि दिवंगत आत्माकाे चिरशान्तीको कामना गर्नुकासाथै उपस्थित सवैले स्व. राईकाे तस्विरमा फुल अर्पण गरि श्रद्धान्जली व्यक्त गर्नुभएकाे थियाे ।

प्रतिक्रिया