नाई भन्न नसकेर : विनोद रोका, न्युर्योक

इनेप्लिज २०७६ असोज १९ गते १३:४९ मा प्रकाशित

मेरा एकजना सेलिब्रेटी मित्र गायक छन। ऊनीसंग एकताका मेरो बाक्लै भेटघाट हुन्थ्यो। कहिले ऊनको घरमा। कहिले पार्टी र कहिले अन्य कार्यक्रमहरुमा। भेटघाटमा हामी कहिले संगीत, कहिले साहित्य, कहिले राजनिति, र कहिले हासपरिहासका प्रसंगहरु जोडथ्यौ। यसरी प्रसंगहरु जोडदा प्राय अरुलाई ऊडाएर मस्तसंग हास्तथ्यौ। हामीले भेटने विभिन्न पार्टी र कार्यक्रममा प्राय हामीहरु नाई भन्न नसकेर नै गएका हुन्थ्यौै। यसै मेसोमा ऊन्ले एकदिन मलाई एऊटा घटना सुनाए। अनि हामी दुबै जना मस्तसंग हास्यौ। यो घटनामा कत्तिको सत्यता छ मलाई थाहा छैन। किनकि हामीहरुको बानी केछ भने भएका कुरालाई अझ बढी मनोरन्जनात्मक बनाऊन परयो भने मरमसला थपी हाल्छौै।

मित्रको भनाई अनुसार ऊन्को गाऊमा राम्रो गाऊने कला भएकी एकजना युवती रहिछन। मिठो स्वरका साथै उन्मा शुन्दरता पनि अब्बल दर्जाको रहेछ। मित्रले ती युवतीलाई काठमाण्डौमा लगेर उन्को गलाको कला देखाऊने मौका जुराई दिने सोच बनाएछन। अनि युवतीका अबिभावकहरुसंग सहमती लिएर मित्रले युवतीलाई काठमाण्डौ ल्याएछन। र आफनो कलाको शिप देखाऊने ठाऊमा कामको व्यवस्था पनि मिलाई दिएछन। केही समय पछि मित्रलाई उन्का अरु साथीहरुले युवतीको चरित्रको बारेमा कुरा सुनाऊन थालेछन। सुरुमा मित्रले सोचेछन, गाउबाट आएकी युवतीले कुनै केटासंग उठबस गर्दा के को आपत्ती र। एक्ली छ। कुनै केटासंग घरजम गरेर बसी भने आफुलाई पनि ढुक्क। केटीका अविभाबकले पनि चिन्ता लिनु पर्दैन। आदि। त्यसैले मित्रले केही प्रतिकृया जनाएनछ।

मित्रले फेरी कुरा थप्दै गए। ऊन्लाई अब त साथीहरुले ती युवती धेरै केटासंग सम्बन्ध राख्ने र हिडने गरेको कुरा सुनाऊन थालेछन। अनि मित्रलाई रिश उठेछ। आफनी गाऊकी चेली। यसरी धेरै केटाहरुसंग सम्वन्ध राख्दै हिडेको सुन्दा ऊन्लाई नै लाज लाग्न थालेछ। र मित्रले एकदिन बोलाएर ती केटीलाई भनेछन। त फटाई। जोसंग पनि यसरी सम्बन्ध राख्दै हिडन लाज लाग्दैन। सम्बन्धै राख्ने र हिडने भए एऊटासंग राख्नु। घरजम गर्नु। यो तैले कस्तो गाईजात्रा देखाएकी? कहिले कोसंग? कहिले कोसंग? सुन्दा सुन्दा मलाई नै लाज लागीसक्यौ। मित्रले गाली गरेपछि, युवतीले रुदै भनिछन। मरिजाऊ काजी मैले नाई भन्न नसकेर मात्रै त्यसो गरेकी हु। काजी, म त्यस्ती मान्छे कहा हुर?. ै। अनि ती युवतीको भनाई सम्मmेर हामी मस्तले हास्यौ। मानौ हामीले नाई भन्न नसकेर गरेका व्यवहारको पात्र पनि ती युवती नै हुन।

मित्र र मेरो कार्यक्रम र पार्टीहरुमा भेट हुदा हामी त्यही युवतीको घटना स्मरण गर्दथेऊ। कहिले मित्रले र कहिले मैले भन्थे “नाई भन्न नसकेर…”। अनि हामी हास्न थाल्दथ्यौ। अरु साथीहरु हाम्रो नाई भन्न नसकेर… वाक्य पछि निस्कीएको हासो देखेर छक्क पर्दथे। किनकि यो वाक्यले नै यसरी हास्नुपर्ने प्रसंग कसरी आयो ऊनीहरुलाई थाहा हुदैनथ्यो।

मैले पनि धेरै पटक मित्रले सुनाएको यो प्रसंग अरुलाई सुनाएर मनारन्जन गराएको छु। मैले ज जस्लाई यो प्रसंग सुनाए उनीहरुसंग अहिले पनि नाई भन्न नसकेर.. वाक्य निकाल्दा खेरी ती युवतीसंग जोडिएको एऊटा घटनाको श्रृंखला याद आऊछ। यो प्रसंग मैले मित्रबाट सुनेको पनि दशौ बर्ष भै सक्यो। म सधैभरी ती युवतीको चरित्रको कमजोडीको बारेमा सोचेर हास्दथे। अनि मनमनै मन्थे कस्ती गवार केटी रहिछ। कहि नाई भन्न नसकेर यसरी धेरै केटासंग सम्वन्ध राखिन्छ र?। यदि आफुले सम्वन्ध राख्ने ईच्छा छैन भने अरुले जर्बजस्ती गरेर हुने कुरा होर? यो त एऊटा बहाना मात्रै हो आफनो दोष लुकाऊने।

आजकाल भने म आफै हास्नु न रुनुको अवस्थामा छु। म गवारमा गनिन्न। ठुला डिग्रीहरु लिएर वकिल भएको हुदा विद्धानको ऊपाधी समाज र न्यायालायले दिएको छ। संसारको राजधानी मानिने न्युर्योक शहरमा बसोबास छ। अनि यहा बस्ने धेरैजना आफु जस्तै साथीहरुसंगको उठबस छ। पार्टी र विविध कार्यक्रमहरुमा प्राय यीनै साथीहरुसंग भेट भै रहन्छ।

जानु भन्दा अगाडी वा कार्यक्रममा पुगेपछि कुराकानी हुन्छ। साथीहरु भन्छन, नाई भन्न नसकेर मात्रै आएको। एकछिन बसेर गै हाल्छु…। यसरी नाई भन्न नसकेर गएकोे। नाई भन्न नसकेर दिएको। नाई भन्न नसकेर खेलेको। नाई भन्न नसकेर खाएको। अनि नाई भन्न नसकेर गरेका अनगिन्ती कर्महरु छन। म र म जस्ता साथीहरुले गरेका यी कर्महरु ती गवार केटीले नाई भन्न नसकेर धेरै केटाहरुसंग राखेको सम्बन्ध वा कर्ममा त्यति फरक परेको जस्तो मलाई लाग्दैन। र म र मजस्ता अगवार, विद्धान, र शहरिया संस्कारीहरुले नाई भन्न नसकेर गरेका कर्महरु भने पानी माथिको ओभानो भएका छन। अनि बदनाम हुने चाहि ती बिचरी गवार युवती भईन।

प्रतिक्रिया