ज्ञानेन्द्र शाहीको पछिल्लो अवस्था यस्तो छ, भाला र रडले हिर्काउँदा ज्ञानेन्द्र बे’होस भएर लडेपछि म’र्‍यो भनेर छाडेका रहेछन् ( भिडियो )

इनेप्लिज २०७६ असोज १२ गते १३:५० मा प्रकाशित

नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुरमा एक कार्यक्रम राखेको थियो । नेकपा समर्थित केही युवाहरुले “मण्डलेहरुलाई चितवनमा कार्यक्रम गर्न दिँदैनौ” भनेर स्टेज नै भत्काइदिएपछि ज्ञानेन्द्र शाहीहरु कार्यक्रम नै नगरी होटल फर्किदै थिए । ३ बजे ज्ञानेन्द्र शाहीको समूहको विमानबाट काठमाडौं फर्कने टिकट थियो ।

सोहिअनुरुप होटलमा पुग्नै लागेको बेला २० देखि २५ जनाको समूहले उनीहरु चढेको बा ३ ख ४५ नम्बरको माइक्रोबसको चालकको घाँटी थिचेर चालकलाई बाहिर निकाले । चालक बाहिर निस्किएपछि गाडीभित्र रहेका केही मानिसहरु भाग्न थाले भने ज्ञानेन्द्र शाही अन्य २ जना महिला र गाडीका सहचालक भने गाडीभित्र नै थुनिए ।

त्यसपछि उक्त समूहले भाला, रड ले माइक्रोको सिसा फुटाएर भित्र रहेका मानिसहरुलाई अन्धधुन्न कुट्न थाले । भालाले घो’च्ने र आज हामी यही मारि’दिन्छौ भन्दै आ क्र मण गर्न थाले । ज्ञानेन्द्र शाहीको पेटमा भाला रोपिएपछि उनी रक्ता म्मे भएर भुइमा लडे । शाही लडेपछि त्यो समूह, ल यो म’र्‍यो भन्दै त्यहाँबाट भागे ।

४ जना मानिसलाई २० देखि २५ जनाको हतियारधारी समूहले १५ मिनेटसम्म निर्घात रुपमा कुटपिट गरेको ट्रमा सेन्टरमा उपचार गराइरहेकी ज्ञानेन्द्र शाही समूहकी एक महिलाले बताइन । शाहीलाई उनका समर्थक र प्रहरीको सहयोगमा गाडीबाट बाहिर निकालियो । उनलाई तत्काल अस्पताल पुर्याउनु पर्ने थियो एउटा ट्याक्सी आइपुग्यो । शाहीलाई उक्त टयाक्सीमा राखेपछि ड्राइभरले गाडी कुदाउन सक्दिन भनेर भाग्यो । हामी के गर्ने कसो गर्ने भन्ने अन्यौलमा थियौं । सोही समयमा एकजना ट्राफिक प्रहरी आइपुग्नुभयो र उहाँले नै गाडी कुदाएर हामीलाई चितवन मेडिकल कलेजसम्म पुर्‍याइदिनुभयो ।

मेडिकल कलेजले टाउकोमा गम्भिर चोट लागेको कारण यहाँ उपचार सम्भव नहुने बताएपछि हामी अन्तिम फ्लाइटबाट राजधानी आएका हौं । एति एयरलाइन्सको अन्तिम फ्लाइटबाट राजधानी ल्याइएका घाइतेहरुलाई काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरेहेको छ । उनीहरुको अहिलेको अवस्था कस्तो छ भनेर सुत्र टिभिले भिडियो सार्वजनिक गरेको छ । हेर्नुहोस उक्त भिडियो

प्रतिक्रिया