सुगर रोगबारे यस्ता छन् भ्रम र यथार्थ ! बिचार गर्नुहोस, तपाईलाई थाहा नै नपाईकन सुगर हुन सक्छ

इनेप्लिज २०७६ असोज १० गते १०:५४ मा प्रकाशित

तपाई मधुमेहको समस्या भएकै कारण आफुलाई खान मन लागेका खाना नखाएर बस्ने गर्नुहुन्छ ? मधुमेह रोगका बारेमा आम मानिसमा केही भ्रमहरु रहो छन् जसको यथार्थ भने फरक रहने गरेको छ ।

जसबारे हामी जानकारी दिन गइरहेका छौं । जसले तपाईको चाहना र मधुमेहको जोखिमलाई पनि नियन्त्रणमा राख्छ । भ्रमः सुगर फ्रि बिस्कुट, ओट्स, कर्नफ्लेक्स, आदि मधुमेह रोगीका लागि राम्रो हुन्छ । यर्थातः यी वस्तु पनि अन्नबाटै बनेको हुनाले कार्बोहाईड्रेटको मात्रा बढी हुन्छ । त्यसैले यस्ता वस्तुहरु पनि कम या अनुपात मिलाएर सलाद र तरकारीहरु राखेर खान सकिन्छ ।

भ्रमः सधै खाने चामलबाहेक अन्य अन्न जस्तै रोटी, उसिना चामल जति खाए पनि हुन्छ । यर्थातः सबै अन्नमा लगभग उस्तै मात्रामा कार्बोहाईड्रेट पाईने भएकाले जुन अन्न खाए पनि उही अनुपातमा खानुहोस् अर्थात् अन्नभन्दा तरकारी बढी खानुपर्छ । भ्रमः चामललाई धेरैपटक पखालेर माड फालेर कार्बोहाईड्रेट नष्ट हुन्छ । यर्थातः चामललाई धेरैपटक पखालेर माड फाले पछि कार्बोहाईड्रेट नष्ट हुनुको साटो पानीमा घुलनशिल भिटामिन नष्ट हुन्छ ।

यस्तै धेरै विषयमा हामीले आज समाचारपाटी डटकम मा बरिष्ठ मधुमेय, थाइराईड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर तारा कोइरालासंग कुराकानी गरेका छौँ । हेर्नुहोस यो भिडियो ।

प्रतिक्रिया