नेपाली जनसम्पर्क समिति,अमेरिकाको अधिवेशन प्रक्रिया सुरु

इनेप्लिज २०७६ असोज ६ गते २१:२९ मा प्रकाशित

आदरणीय संन्चारकर्मी मित्रहरू,

जय नेपाल ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको लामो समय देखि हुननसकेको अधिवेशन पार्टीको निर्देशन बमोजिम अब ६ महिनािभित्रमा हुने कुराको सबै पत्रकार मित्रहरूलाई सर्वप्रथम अवगत गराउँद छु । त्यसैको लागि हिजो

September 22, 2019 आईतबारका दिन नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति आनन्द बिष्टको अध्यक्षतामा बसेको टेलिफ़ोन कन्फरेन्स बैठकले संगठनको अधिवेशन लगायत अन्य बिषयमा बृहत छलफल पश्चात गरेको निर्णयहरू यहाँहरू समक्ष पठाएको छु । यसलाई यहाँहरूको सम्मानित न्यूज पोटलमा प्रेसित गरेर सहयोग गरिदिनहुन हार्दिक बिनम्र अनुरोध छ । अमेरिकाको सबैभन्दा ठुलो र पुरानो संस्थाको अधिवेशन हुने भएकोले यहाँहरूको सहयोगबाट सकारात्मक माहोलको थप सृजना हुने कुरामा हामी विश्वस्त छौ ।

निर्णयहरू:-

१.नेका केन्द्रीय कार्यसमितिको पछिल्लो निर्णयले, यही निर्वाचित समितिलाई ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्न भाद्र, २४, २०७६ मा जारी पार्टीको परिपत्र मार्फत दिएको निर्देशनलाई स्वागत गर्दै, बैठकले मातृपार्टी प्रति आभार प्रकट गरेको छ ।

२.नेपाली जनसम्पर्क समिति अमेरिकाको सम्पूर्ण च्याप्टरहरुको अधिवेशन आगामी डिसेम्बर महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

३.च्याप्टर अधिवेशन सम्पन्न गर्नको लागि अक्टोबर महिनाभित्र सबै च्याप्टरहरूमा नेपाली जनसम्पर्क समिति अमेरिकाको सदस्यता रसीद पूर्याइने छ ।

४. च्याप्टर गठन नभएका राज्यहरूबाट नयाँ च्याप्टरका लागि समितिको निश्चित मापदण्ड अनुसार प्रकृया पुर्याएर अक्टुबर महिनाभित्र सभापति समक्ष आवेदन दिएको खण्डमा, छलफल गरी त्यस्ता च्याप्टरहरुलाई पनि बैठकबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

५.नेपाली काँग्रेसको हिमाल, पहाड, तराई–मधेश (हिपतम) राष्ट्रिय जागरणको दोस्रो चरणको अभियानको क्रममा नेका बाँकेकी जिल्ला सभापति किरण कोइरालामाथि कम्युनिष्टहरुले गरेको सुनियोजित संघातिक हमलाको बैठकले घोर निन्दा र भर्त्सना गरेको छ ।

६.प्रमुख प्रतिपक्ष दलको नेता, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गरी महामहिम राष्ट्रपति बिद्यादेवी भण्डारीले केही दिन अगाडि सार्वजनिक सभामा गरेको व्यंग्य प्रहारप्रति

बैठकले कडा आपति जनाउँदै निन्दा गरेको छ। एउटा जिउँदो योगदान र इतिहासलाई अपमान गर्ने राष्ट्रपतिको यस्ता अमर्यादित भनाई प्रति खेद प्रकट गर्दै, राष्ट्रपति एउटा सबै नेपालीको सम्मानित साझा संस्था भएकोले सबैको साझा भइदिन सम्माननीय राष्ट्रपतिलाई बैठकले आग्रह समेत गरेको छ

धन्यवाद , जय नेपाल

मुनिन्द्र नेम्बाङ

महासचिव

नेपाली जनसम्पर्क समिति

प्रतिक्रिया