बामदेश गौतमले कास्कीमा उम्मेदवारी नदिने

इनेप्लिज २०७६ असोज ४ गते १६:०२ मा प्रकाशित

काठमाडौं, असोज ४ गते । नेकपाका नेता बामदेब गौतमले आफूले कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने बताउनु भएको छ ।
उहाँले शनिवार बालुवाटारमा बसेका नेकपा सचिवालय बैठकमा सो जानकारी गराएको प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्नुभएको छ । उहाँको विज्ञप्तिमा भनिएको छ – आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु ।
मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।साथै विज्ञप्तिमा भनिएको छ– यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया ( १ बाट उम्मेदवार भएको यहाँहरूमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।
साथै उहाँले आफू भन्दा अरु कोही स्थानीय कमरेड उठनु हँुदा सहजै विजय प्राप्त गर्र्न सक्नु हुने उल्लेख गर्नु हुँदै विज्ञप्तिमा कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।

प्रतिक्रिया