मन्त्रीले झुठ बोलको प्रमाण सहित मिडियामा ज्ञानेन्द्र शाही, मन्त्री भट्टराईलाई ज्ञानेन्द्र शाहीको ओपन च्यालेन्ज ( भिडियो अन्तर्वार्ता )

इनेप्लिज २०७६ असोज १ गते १०:५४ मा प्रकाशित

काठमाडौं– नेपालको लागि नेपाली अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीले आफूले प्रधानमन्त्री, मन्त्री लगायत कुनै पनि दलका नेताको अपमान नगरेको बताएका छन् । सुत्र टिभीको ‘सुत्र बहस’ मा कुरा गर्दै अभियान्ता शाहीले लोकतन्त्र, गणतन्त्रमा प्रधानमन्त्री, मन्त्री र नेताहरुको आलोचना गर्न पाइने जिकिर गरेका छन् ।

उनले प्रश्न गरे, लोकतन्त्र, गणतन्त्र केपी ओली र योगेशहरुको मात्रै हो ? उनीहरुले मात्र गणतन्त्रका लागि लडेका हुन् ? अभियान्ता शाहीले मन्त्री भट्टराई निरन्तर झुट बोलिरहेको बताए । उनले आफूले भन्दा पनि मन्त्री भट्टराईले संविधानको उल्लंघन गरेको दावी गरे । आफूहरुले सिष्ट र सालिन भाषामा मन्त्रीसँग बोलेको तर, मन्त्रीले जहाजलाई एक घण्टा रोक्न लगाएर संविधानको उल्लंघन गरेको प्रष्ट पारे ।

उनले सबैभन्दा झुट बोल्ने योगेश भट्टराई भएको दावी समेत गरे । अभियान्ता शाहीले आफूहरुलाई केही नचाहिएको तर, भ्रष्टाचारमुक्त नेपाल बनाउने अभियानमा लागेको बताए । उनले भने, ‘व्यवस्था होइन भ्राष्टाचार अन्त्य गर्ने हाम्रो अभियान हो ।’

उनले नेकपाको भातृ संगठन युवा संघले आफूलाई विभिन्न स्थानमा लगाएको निषेधप्रति समेत आपत्ति जनाए । अभियान्ता शाहीले आफूलाई नेपालभर कही कतै जान कसैले रोक्न नसक्ने समेत प्रष्ट पारे । अभियान्ता शाहीले आइतबार नेपालको लागि नेपालीको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा नेकपा समर्थित व्यक्तिहरुले आफूले हातपात गरेको बताए ।

उनले उनीहरुविरुद्ध उजुरी दिने बताए । अभियान्ता शाहीले उनीहरुलाई तत्काल कारवाही गर्न सरकारसँग माग समेत गरे ।

प्रतिक्रिया