डा.सुन्दरमणीको ज्ञानेन्द्र शाहि र योगेशको बिषयमा कटाक्ष: योगेशलाई कडा गर्जन तर (भिडोयो सहित)

इनेप्लिज २०७६ भदौ ३१ गते २१:५४ मा प्रकाशित

नागरिक अगुवा सुन्दरमणी दिक्षीतले अभियान्ता ज्ञानेन्द्र साही माथी पत्रकार सम्मेलनमा भएको आक्रमण र प्रहरी को गिरफ्तारि प्रती आक्रोश ब्यक्त गरेका छन । मन्त्री योगेस भट्टराईले प्लेन रोकेर नागरिकलाई असुबिधा बनाउनु हदै सम्म को असभ्य र गलत काम भएको भन्दै यस्तो किन गरेको भनेर नागरिक जो कोहि ले प्रस्न गर्नु अनौठो कुरा नहुने धारणा समेत ब्यक्त गरेका छन । लोकतन्त्र मा जो कोहिले निर्बाध रुपमा आफ्ना कुरा राख्न पाउछ भन्दै डा सुन्दरमणी ले ज्ञा नेन्द्र साहीलाई राजाबादी होस , तलाइ बोल्न हिड्न दिन्न भन्ने खालको राज्य पछ्य को दुर्ब्यवहार गर्नु अत्यन्तै अलोकतान्त्रिक कार्य भएको भन्दै कडा आलोचना गरेका छन ।

लोकतन्त्रमा राजाबादीलाई पनि आफ्ना कुरा राख्ने स्पस्ट अधिकार हुन्छ भन्दै भ्रष्टाचार को बिरोध गरिरहेको ,सुसासनको आवाज उठाइरहेको मान्छेलाइ राजाबादी , यो वा उ बादी भनेर लखेट्नु ,दुख दिनु निन्दनिय कुरा भएको उल्लेख गरेका छन । पछिल्लो समय मुलुक चिनतर्फ ढ्ल्किदै गएको भन्दै उनले नेपालको असम्लग्न परराष्ट नितिको खिल्ली धेरै पटक उडिसकेको भन्दै यस्तो असन्तुलित व्यवहार र केटाकेटी शैली नदेखाउन सरकार र पार्टी नेता विशेष गरि प्रचण्डलाई सुझाव दिएका छन । प्रचण्ड अत्यन्त असन्तुलित र छुद्र हुँदै गएको भन्दै सुन्दरमणि ले प्रचण्ड को असन्तुलन स्वभाबिक नभएको समेत बताए।

 

प्रतिक्रिया