सर्लाही जिल्लामा गोली लागेर व्यापारी घाइते

इनेप्लिज २०७६ भदौ २८ गते ६:०६ मा प्रकाशित

सर्लाही, २८ भदाै । सर्लाही जिल्लामा गोली लागेर एक जना व्यापारी घाइते भएका छन् ।

शुक्रबार बेलुकी घरबाट बयलवास बजार जाँदै गरेका ईश्वरपुर नगरपालिका–११ का राजेश साह परिचय नखुलेका मानिसले हानेको गोली लागेर घाइते भएको प्रहरीले जनाएको छ ।

नेसनल मेडिकल कलेज वीरगञ्जमा पेटमा गोली लागेका साहको उपचार भैरहेको छ । गोली हानेको आरोपमा एक जनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया