यस्तो ठाउँमा बस्दा रहेछन लामखुट्टे ! स्रोत र साधनको अभाबले ड़ेंगो नियन्त्रणमा कठिनाइ

इनेप्लिज २०७६ भदौ २८ गते ५:०७ मा प्रकाशित

एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाईका कारण प्रकोपका रुपमा फैलिरहेको डेगुले कास्की अनुमान गरिएभन्दा बढि नै प्रभावित भएको छ । पहिलो पटक साउनमा देखिएको डेंगुको संक्रमणका कारण यसवर्ष कास्कीमा झण्डै १३ सय जना बिरामी परेका छन् । यो अघिल्लो वर्षको तुलनामा दुईगुणा बढि हो ।

स्वास्थ्य अधिकारीहरुका अनुसार यो अझै बढ्दो क्रममा रहेको छ । डेंगुका बिरामीहरुको पोखराका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको उनिहरुले बताएका छन् । छुट्टै उपचार पद्धति नभएको यस प्रकाकारको रोगबाट बच्नका लागी आफ्नो वरिपरिको वातावरण नियमित सरसफाई गर्न, लामखुट्टेका बासस्थानहरु पहिचान गरि नष्ट गर्न र लामखुट्टे भगाउने र बच्ने उपायहरुको अधिकतम उपयोग गर्न स्वास्थ्य अधिकारीहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया