ढाड दुखेर उपचार गर्न जाँदा पागल भने ! ग्राण्डीमा नभएको उपचार पोखरामा भयो | स्पाइनल सर्जरी के हो ?

इनेप्लिज २०७६ भदौ २६ गते २२:३७ मा प्रकाशित

सामान्य भाषामा हाम्रो शरीरको पछाडिको भाग मेरुदण्डलाई स्पाइन भनिन्छ । मेरुदण्डले शरीरलाई सिधा राख्न मद्धत गर्छ । यो शरीरको एउटा खम्बा हो । यसले सिधा उभ्याउन, शरीरलाई सपोर्ट र चलायमान (मुभमेन्ट) राख्न मद्धत गर्छ । मेरुदण्डमा हुने एउटा महत्वपूर्ण नसा ‘स्पाइनल कर्ड’ लाई मेरुदण्डले सुरक्षा दिएको हुन्छ । स्पाइनल कर्डमा असर परेमा हातगोडा चल्न सक्दैन ।

बरिष्ठ हाड जोर्नी तथा नसा रोग बिशेसज्ञ डाक्टर रबि मोहन ढकालले स्पाइनल सम्बन्धि पोखरामा नया आयाम दिनु भएको छ । बिगत ३ वर्ष अघि देखि स्पाइनल सम्बन्धि सर्जरी लगायतका जटिल अप्रेसन गर्दै आउनु भएको छ । तपाइले भिडियोमा थाहा पाउन सक्नुहुन्छ उहाले दिलकुमारी गुरुङ लाइ नयजिवन दिनु भएको दिलकुमारी बताउनु भएको छ र उहाले आफुले पुन:जीवन पाएकोमा डाक्टरलाई भगवान र आफु धेरै खुसि भएको महसुस गर्नु भएको छ । हेरौ दिलकुमारी गुरुङ र दिलकुमारी गुरुङलाइ उपचार गर्ने डाक्टर रबि मोहनसंगको कुराकानी

प्रतिक्रिया