हिन्दू धर्म र दलित

बिरकाजी बस्नेत २०७६ भदौ २५ गते १:०५ मा प्रकाशित

केही समय पहिले आएका २ वटा समाचारमा एक थियो पूर्व प्र म डा भट्टराईले समता फाउण्डेसनको कार्यक्रममा हिन्दू धर्म बिभेद्कारी भएकाले दलितले यो धर्म त्याग्नु पर्ने बिचार प्रबाह गरे । अर्को अनादी परिषद नेपालले गरेको एक कार्यक्रममा दलित अगुवा डा मिठा राम विश्वकर्माले हिन्दू धर्म र बेदमा कुनै छुवाछुत उल्लेख नभएको र ठुला नेताले यस् बारे खराब नियतले भ्रम छरेको उल्लेख गरे । यहाँ २ वटा विद्वानको बिरोधाभासी दृस्टीकोण बाहिर आयो ।
सामान्य ज्ञान भएकाले सोच्दा जब मनिस कृषि युग हुँदै परिवार ,समाज र राज्यको स्वरुप निर्माण भयो र मान्छेका आवश्यकता पनि बढ्न गयो । यस् क्रममा श्रम बिभाजन गर्नु पर्ने भयो र बिभिन्न समुह लाई बिभिन्न जिम्मेबारी दिइयो । जसले पढ्ने पढाउने काम पाउनेलाई ब्राह्मण भनियो । बाहुबल र हतियार प्रयोग बाट रक्षा गर्ने र शत्रुबाट जोगाउने कार्य गर्नेलाई क्षत्री भनियो । त्यस्तै बस्तु बिनिमय गरेर आबस्यकता पुरा गराउने लाई बैस्य भनियो र जिबिको पार्जनको लागि जसले उत्पादन सम्बन्धको जिम्मेवारी पायो सुद्र भनियो । यसमा पढ्न र पढाउन आवाज मुख बाट निस्कने भएकाले बाहुन मुख बाट जन्मेको भनियो । लडभिड गर्न बाहुबल चाहिने भएकाले क्षत्री हात बाट , रोजी रोटी ,नाना जोहो गर्न बिनिमय मा संलग्न हुने हुँदा बैस्य कम्मर बाट र खेति किसानी र औजार निर्माण र प्रयोग गर्नु पर्ने भएकाले खुट्टाको भूमिका हुने हुनाले उक्त समुह लाई खुट्टा बाट जन्मेको सुद्र भनियो । यसरी भूमिका अनुसार उत्पती भएकाले यिनीहरुको निर्माण भएको भनियो । जहाँ सम्म टाउको र खुट्टाको बर्गिकरण गरेर बिभेद गरिएको भनिएको छ्।

गोडा लाई सम्मान गरेर ढोग गर्ने र गोडा धुएर पानी पिउने संस्कार पनि हाम्रै धर्म संस्कृति भित्र छ । यस्तो श्रम अनुसारको बिभाजन विश्वको पहिलो नागरिक कानुन मानब न्यायशास्त्र मार्फत जयस्थिती मल्लले गरेका हुन । त्यस पछी जङग बहादुरले ल्याएको मुलुकी ऐन बाट पनि यसलाई निरन्तरता दिइयो । २०२० मा महेन्द्रले ल्याएको नयाँ मुलुकी ऐनले नै कानुनी रुपमा छुवाछुत उन्मुलन गरेको हो । तर लामो समय देखी समाजमा रहेको यो अन्धबिश्वास कानुनले भन्दा पनि चेतना र जागरणले न्युनिकरण हुँदै जाने र उन्मुलन हुने बिषय हो । जस्तो सामाजिक सुरक्षा ऐनले विवाहमा ५६ जना भन्दा बढी जन्ती लान नपाउने र दाईजो लिन दिन गैर कानुनी हुने प्राब्धान छ तर यो अहिले सम्म कार्यन्यवनमा आउन सकेको छैन । अब दाईजो दिनुपर्ने अवस्था रहदा सम्म छोरी चेलीलाई विवाह नै त्यागी देउ भन्ने त ? क्रमिक बिकासको सिदान्तको आधारमा समाजमा छुवाछुत र छोरा छोरीको बिचको भेदभाब क्रमस कम हुँदै पनि गएको छ र आसा गरौ यसको अन्त्य हुने छ । अन्तर्जातिय विवाह पनि स्विकार्य हुँदै जान थालेको छ । हिजो युद्धको समय देखी पुराना प्रचलन ,धर्म र संस्कार माथि प्रहार गरियो र एक किसिमको सुन्यता कायम गरियो जसको दुस्प्रभाब स्वरुप क्रिचियन धर्म प्रचार र परिवर्तनको मुल ढोका नै खुल्ला हुन पुग्यो ।

यसरी पहिचान दिने मौलिक संस्कृति लोप हुँदै जाने अवस्थामा पुगे । खाना ,भाषा , पोसाक ,प्रचलन सबै बिदेशी प्रभाबमा परेका कारण युबा पुस्ता बर्ण शंकर बनी सकेको छ । डा भट्टराई लाई थाहा नै होला मुस्लिम धर्म ग्रन्थ लाई केही टिप्पणी गरियो भने सल्मान रुस्दी वा तस्लिमा नसरिनको नियती भोग्नु पर्ने हुन्छ । यो सनातन धर्म नै जती गाली र अबहेलना गरे पनि सहीस्णु छ । यस भित्रका योग ,प्राणायाम ,ध्यान ,आयुरबेद  र गणित ज्योतिष जस्ता सम्पदा पनि छन भन्ने डा भट्टराई लाई जानकारी नहोला भन्न सकिन्न । द्वन्दात्मक भौतिक बादमा विश्वाश गर्नेले यो पाटो बिर्सेंर छुवा छुत र कर्मकाण्डको मात्र कुरा गरेर भड्काव ल्याउन खोज्नु विद्वान राजनीतिग्यको लागि कती सुहाउने कुरा हो ? यसै पनि हाम्रा चाड पर्ब हामी आँफैले बिकृति बनाएर सांस्कृतिक क्षयिकरण गरी राखेका छौ । विश्वका मजदुर एक हौ भन्ने सिद्दान्त हिजो बोकेका हरुले विश्वलाई एकै संस्कृतिको बनाउ भन्ने तिर जाने हो र ? यहाँकै पारीभाषा अनुसार पनि हिन्दू धर्मलाई समग्रमा बुझ्न छाडेर के अंसमा मात्र बुझ्ने र खुइल्याउन लाग्ने हो र ? धर्म नै नमान्ने तपाईं हरुको हिजोको टिमले केही पहिले भैंसी पूजामा बिज्ञान देख्न थालेको हिजो नै होइन र डाक्टर साहेब ।

प्रतिक्रिया