यस्तो आधुनिक बन्दैछ अपराध महाशाखा भवन

इनेप्लिज २०७६ भदौ २४ गते ११:०७ मा प्रकाशित

काठमाडौं, २४ भदौ । १२ वैशाख ०७२ मा भूकम्प गएपछि भत्किएको हनुमान ढोका प्रहरीको भवनमा काम गर्ने माहौल बनेन । अस्थायी कार्यालयका रुपमा नेशनल ट्रेडिङ कर्पोरेशन र एउटा पार्टी प्यालेसको साहरामा पुग्यो महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको कार्यालय ।

त्यसबेला हालका प्रहरी प्रमुख सर्वेन्द्र खनाल प्रहरी बरिष्ठ उपरिक्षक थिए । उनी अपराध महाशाखा प्रमूखको जिम्मेवारीमा पुगेका थिए । कार्यालयको त्यस्तो हालत देखेपछि उनलाई घोचिरहेको थियो । कतिपय जिम्मेवार हाकिमलाई उनले प्रहरीको यस्तो गतिका विषयमा जानकारी पनि गराए । तर, कसैले पनि प्रहरीका आधुनिक भवनका लागि खासै चासो देखाएनन् ।

 

समयले उनलाई संगठनको प्रमुख बनाएपछि उनको प्राथमिकतामा परेको थिए ति कार्यालय । सुविधाको कुरा मात्रै होइन, अप्ठेरोमा पनि काम चलाएका प्रहरीका भवन बन्नैपर्ने अनिवार्यता देखियो, त्यसपछि आफैंले कष्टप्रद हिसाबले काम गरेका निकायको आधुनिक भवन निर्माण हुनुपर्छ भन्ने अठोट उनल लिएका थिए ।

आधुनिक डिजाइनसहितका भवन निर्माणका निम्ति पास भएको बजेटलाई जतिसक्दो चाँडो निर्माणको तिव्रता दिन सकियोस् भनेर खनालले मंगलबार ति भवनका शिल्यान्यास् गरेका छन् ।

 

‘अपराध महाशाखा र परिसरका लागि थुनुवा कक्ष कठिन थिए, कार्यालय व्यवस्थापनको कष्ट पनि थियो । भवन बन्ने भएपछि दिर्घकालिन रुपमा प्रहरीलाई काम गर्न सजिलो हुनेछ’, एक प्रहरी अधिकारी भन्छन्,‘चाँडो भन्दा चाँडो काम सक्ने तयारीका साथ शिल्यान्यास भएको हो ।’

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालय र अर्थ मन्त्रालयले प्रहरीको महाशाखा र परिसर  भवन बनाउनका लागि १ अर्ब ६८ करोड रुपैयाँ विनियोजन भइसकेको छ । अपराध महाशाखासहित भद्रकालीमा काठमाडौं प्रहरी परिसरको पनि नयाँ भवनको शिल्यान्यास भएको छ ।

प्रतिक्रिया