दुइ टुक्रा -बालानन्द भण्डारी
बालानन्द भण्डारी
२०७६ भदौ २४ गते १०:३२ मा प्रकाशित

१, ए बिर्खे
तिमि लुगा लगाएको भनेर मख्ख नपर
सर्बांग नांगी सकेका छौ
जिउमा अत्तर छरेर ढुक्क नहोउ
सर्बत्र डुंग डुंग गन्हाई सकेका छौ
२, यहा
हजुरिया प्रसाद र धुपौरे कुमारको दौडधुप
किर्नाहरु ढाडिएका , डाँफे हरु टाढिएका
कुल कुटुम्ब सुम्लिएका , निर्धा सप्र्याक सुप्रुक
अनि अस्तिपंजरहरु को दह्रो फर्याक फुरुक
प्रतिक्रिया