गैर आवासीय नेपाली संघ टेक्सास च्याप्टरको प्रेस बिज्ञप्ति

इनेप्लिज २०७६ भदौ २२ गते २२:५८ मा प्रकाशित


प्रेस बिज्ञप्ति

गैर आवासीय नेपाली संघकी उपाध्यक्ष सपिला राज भण्डारीको आतिथ्यतामा September, 5 , 2019 बिहिबार टेक्सास राज्य को ड्यालसमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गैर आवासीय नेपाली संघ अमेरिका टेक्सास च्याप्टर द्वारा आयोजित कार्यक्रम राजेश अर्यालको अध्यक्षता गरिएको थियो भने एनआरएनए एनसीसी, युएसए का अध्यक्ष सुनिल साह लगाएत विभिन्न एनसीसी तथा आइसीसी पदाधिकारी तथा सदस्यहरु को पनि उपस्थिति थियो । कार्यक्रम अनौपचारिक भएको जानकारी च्याप्टर सचिवले जानकारी गराउनु भएको थियो। सो अवसरमा उपाध्यक्ष भण्डारीले गैर आवसीय नेपाली संघले अहिलेसम्म गरेका गतिविधिका बारेमा प्रकाश पार्दै भावी योजनाबारे जानकारी गराउनु भएको थियो ।

उपाध्यक्ष भण्डारीले गैर आवासीय नेपाली संघका सदस्यहरुलाई परिचय पत्र उपलब्ध गराउने काम भैरहेको र त्यस परिचय पत्र मार्फत विभिन्न व्यावसायिक प्रतिष्ठानहरुमा सहुलियत तथा छुटको व्यवस्था मिलाइएको जानकारी दिनु भएको थियो । त्यसै गरि एनआरएनए एनसीसी, युएसए का बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडेले धन्यवाद मन्तब्य दिनु भएको थियो । उक्त कार्यक्रम को संचालन च्याप्टर सचिव सोफिन थापाले गर्नु भएको थियो ।

धन्यवाद !

ओम भट्टराई
प्रबक्ता
एन आर एन ए, एन सी सी अमेरिका

प्रतिक्रिया