कृष्ण दत्त भट्ट ,नैरोबी
केन्याको राजधानी नैरोबीमा सम्पन्न गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको चौथो राष्ट्रिय महाधिबेसनले अध्यक्षमा सुरज डुम्रे , उपाध्यक्षमा शिव लाल अधिकारी र महासचिवमा टिका धिताल सचिबमा लक्ष्मी बुलुन, कोशाध्यक्ष यज्ञमणी (भरत ) रेग्मी लगायत १५ सस्द्सिय नयाँ कार्य समिती २ बर्षको लागि चयन गरेको छ । महिला सयोंजक कुमारी जि .सी. र युबा सयोंजकमा कमल राज अधिकारी लाई निर्वाचित गरेको छ । संस्थाको संरछकमा ईन्जिनियर कुल बहादुर कार्की , ईन्जिनियर नारायण भट्टराई र ईन्जिनियर उदय हाडा नियुक्त हुनु भएको छ भने सल्लाह्कार समितीमा कृष्ण दत्त भट्ट , खेम पौडेल , धनेद्र बस्नेत र कृष्ण गैरे नियुक्त गरिएका छन ।
नयाँ कार्य समितीमा कार्यकारी सदस्यहरुमा डा. सिताराम घिमिरे ,ईन्जिनियर बरुण शुवाल ,ईन्जिनियर मनोज बस्नेत , रवी जैन, भगवती तमाङ , प्रभाकर भण्डारी , गणेश कामी र लक्ष्मण गैरे चयन् हुनु भएको छ।
निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृत को जिम्मा ई. नारायण भट्टराईको रहेको थियो भने उहालाई सहयोग गर्न ई. उदय प्रकाश हाडा र यादव काफ्ले को बिशेष भूमिका रहेको थियो । निर्वाचन सम्पन्न भएको घोषणा पछी निर्वाचित पदाधिकारीहरुलाई बाट पद तथा गोपनियता को सपथ खुवाईको र प्रमुख अतिथी बाट प्रमाण पत्र बितरण गरिएको थियो ।
केन्द्रिय परिबेछ्यक कुल बहादुर कार्कीले गैर आबासीय नेपाली संघको केन्द्रिय समितीलाई नयाँ कार्य् समिती गठन गरेको कुरा जानकारी गराउन् भएको छ ।कार्यक्रमको समापन गर्दै निवर्तमान अध्यक्ष कृष्ण दत्त भट्टले नयाँ कार्य समिती लाई उहाको आगामी कार्यकालको सफलताको लागि हार्दिक शुभकामना ब्यक्त गर्दै निवर्तमान कार्य समिती का सम्पूर्ण पदाधिकारीहरु लाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने अन्तरराष्ट्रिय समिती सदस्य यादव ले निर्वाचन समिती का सदस्य हरुलाई हार्दिक धन्यबाद ब्यक्तगर्दै कार्यक्रम को समापन गर्नु भएको थियो ।
नव निर्वाचित अध्यक्ष अध्यक्ष सुरज डुम्रेले केन्यामा रहनु भएका सम्पूर्ण नेपालीहरु लाई समेटेर लैजाने र गैर आबासिय नेपाली संघ केन्या का भाबी योजना को बारेमा प्रकाश पार्नु भएको थियो ।
केन्याको बिभिन्न शहरहरुमा रहेका नेपालीहरु नेपालबाट अन्तरराष्ट्रिय संघ सस्था हरुमा काम गर्ने हुने बिशिस्ट महानुभावहरुको सहभागिता थियो। गैर -आव।सिय नेपाली संघ केन्या को स्थापना मा भएको थियो भने हाल केन्या मा लगभग ५०० नेपाली कार्यरत रहेका छन ।
पुर्बी अफ्रिकी क्षेत्रका देशहरु अर्थिक र भु- बनोट को हिसाबले हेर्ने हो भने केन्या को नैरोबी केन्द्र बिन्दुमा रहेको त्यस कारणले पनि नेपाली हरु को पनि अन्य देश हरु भन्दा यहा बाक्लोउपस्थिती रहेको छ ।
प्रतिक्रिया