नेकपा र कांग्रेसका शीर्ष नेताले एनसेलबाट करोडौं कमिशन खाएको सनसनीपूर्ण खुलासा : प्रधानमन्त्री केपी ओलीलाई जेल हाल्ने चेतवानी : ज्ञानेन्द्र शाही ( भिडियो अन्तरवार्ता )

इनेप्लिज २०७६ भदौ २० गते १०:१२ मा प्रकाशित


काठमाडौं– नेपालको लागि नेपाली अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीले एनसेलले नेपाललाई तिर्नुपर्ने राजश्व नतिरे सिम बहिष्कार मात्रै होइन नेपालबाटै लखेट्ने चेतावनी दिएका छन् । सुत्र टिभीसँग कुरा गर्दै अभियन्ता शाहीले नेपालमा रहेका ठुला भनिएका पार्टी र तिनका शीर्ष नेताहरुकै संरक्षणमा एनसेलले कर नतिरेको दावी समेत गरे । उनले भने, ‘ठुला दलका नेताहरुले निर्वाचन खर्च भन्दै एनसेलबाट करोडौं खाएकाले यतिवेला एनसेलको विरुद्ध ठुला दल र तिनका नेता चुइक्क बोलेका छैनन् ।’ अभियन्ता शाहीले न्यायाधीशहरुमाथि समेत प्रश्न उठाएका छन् ।

उनले पार्टीका कार्यकर्ता न्यायालयमा भर्ती भएकै कारण आज न्यायलयप्रति जनविश्वास घट्दै गएको प्रष्ट पारे । उनले नेपाललाई अहिलेका नेताहरुले पल पल बेचिरहेको भन्दै अब नेपाली जनता वर्तमान नेतृत्व र सरकारविरुद्ध एक मत भएर सडकमा उत्रिने चेतावनी समेत दिए । उनले नेपालको वर्तमान व्यवस्थाप्रति नै आपत्ति जनाउँदै विदेशिा बाध्य भएका नेपालीलाई भोटिङ राइट नहुँदासम्म नेपालमा परिवर्तन, विकास र समृद्धि असम्भव भएको दावी समेत गरे ।

प्रतिक्रिया