एनआरएनए आइसीसी उपाध्यक्ष पदमा अर्जुन कुमार श्रेष्ठले उम्मेदवारी दिने

नबराज बि क २०७६ भदौ १९ गते १०:४८ मा प्रकाशित

नबराज बि क, कतार – गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको नबौ विश्व सम्मेलनमा बेल्जियमबाट अर्जुन कुमार श्रेष्ठले उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिने भएका छन् ।

एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका श्रेष्ठले दुई कार्यकाल आइसीसी सदस्य साथै युरोप संयोजकको नेतृत्व सगै आइसीसी सचिब पदमा रहेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका छन् । श्रेष्ठ आठौँ महाधिवेशनमा महासचिव पदमा उमेदवार समेत रहेका थिए । सरल र मिझासिलो स्वभावका श्रेष्ठ एनआरएनएको संस्थागत विकासमा परिपक्वता भएका अभियान्ता रूपमा हेरिन्छन । उनी नेपालमा रहदा समेत विभिन्न समाजिक सस्थाहरुमा रहेर महत्त्वपूर्ण भुमिका निभाएका थिए ।

बिश्व संजालमा फैलिएको एनआरएनए लाई सस्थागत बिकास र सस्थाको मर्म र भावना अनुरुप ब्याक्तित्व बिकास समेत आवश्यक रहेको भन्दै पछिल्लो पुस्तालाई नेपाल प्रति समिप्यता र उत्तरदायित्व बहन गर्दै अगाडी बढाउन जोड दिने बताए । उनले नेपाल समृद्धि र बिकासमा सामुहिक लगानी र पर्यटन प्रबर्द्धनमा जोड दिदै नेपाल सरकार सग समन्वय गर्दै विभिन्न देशहरुमा नेपालीले भोग्नुपरेको समस्या लाई समाधान गर्न तत्पर रहेको बताए ।

प्रत्येक मुलुक बाहिर रहेका नेपालीहरुले एनआरएनए मेरो हो भन्ने बनाउन आवश्यक छ । सबै लाई समेटन अझै हामीले पहल गर्न बाकी नै रहेको हुदा यो अभियान लाई सार्थकता दिन सामुहिक नेतृत्व सहित टिममा सबैजना मिलेर कार्ययोजना नै बनाएर आउने भन्दै सबैको साथ र सहयोग अपिल रहेका छन् ।

एनआरएनए अहिले सम्म ८१ देशमा संजाल बिस्तार भएको छ । यही आउदो अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौ हुने महाधिवेशनले नयाँ नेतृत्व समेत गर्नेछ ।

प्रतिक्रिया