उम्मेदवारी फिर्ता लिएको बारे -प्रेस बिज्ञप्ती

इनेप्लिज २०७६ भदौ १७ गते ११:०७ मा प्रकाशित

बिश्व भरका आदरणीय व्यक्तित्वहरुलाई एन आर एन पोल्यान्डमा म निम्न सर्तमा उम्मेदवारी फिर्ता लिएको थिए जुन कुरा तपाइहरु सबैलाई जानकारी गराउदछु ।

मैले मेरो लागि समर्पित आदरणीय व्यक्तित्वहरु तपाइहरु सबैलाई मित्र जस्तो मान्छेले के कारणले त्याग गर्यो भन्ने लाग्नु स्वभाविक थियो ।
निम्न एजेन्डा कुनैपनि हालतमा पूरा गर्ने गराउने सर्तमा मात्र त्याग गरेको बुझिदिनु होला ।

बिन्ती नकारात्मक रुपमा लिएर भ्रम पाल्ने काम नगरिदिनु अध्यक्ष हुनु नहुनु आफ्नो कुरा हो । सामाजिक परिवर्तनमा अलिकति फरक दृष्टिकोणबाट हेरौ । हामिले समाज परिवर्तन हर तरहले गर्न सकिन्छ । सामाजिक परिवर्तन त्यागेर हुन्छ कि जितेर हुन्छ कि मिलेर हुन्छ कि त्यसरी गरिदिनु होला । यदि निम्न एजेन्डाहरु लागू न भएमा म जीवन भर एन आर एन सदस्य नै नरहने गरि मेरो एन आर एन १२ बर्षको एन आर एन प्रतिको लगानी सबै पूर्णतया खारेज गरोस् भनेर आगामी २०२१ मा केन्द्रमै निवेदन दिने घोषणा गर्दछु ।

निम्न घोषणापत्रको कम्तिमा ९० % बुदाहरु सफल पारेरै छाड्ने सर्तमा र मैले पनि सामाजिक एजेन्डाको भुमिका बहन गरेर सामाजिक र सस्थागत परिवर्तनमा भुमिका हुनुपर्छ भनेर नामदार होइन हामी सबै कामदार बन्नुपर्छ भन्ने त्यागको भावनाले केही झन्डाहरुको टकराब सृजना भएको चुनावी मैदानमा अफबाह फैलाइएको मित्र लाललाई प्रवासी मन्च र गुल्मी समाज पोल्यान्डले चुनाव उठ्न उक्साइएको भनेर जुन अफवाह सृजना गरियो त्यो अफबाह प्रति म खेद प्रकट गर्दछु । त्यो अफबाह गलत भन्ने प्रमाणित भएको भन्ने आज सर्वविदित छ फेरि कसैको दबाबमा मैले फिर्ता लिए भन्ने अफवाह फैलाइदैछ त्यो पनि गलत हो मेरो स्वविवेकले सस्था झन्डाले होइन एजेन्डाले चल्नु पर्छ भन्ने मान्यता राख्दै सबै भ्रम निम्न सर्तहरुले निवारण गर्नेछ भन्ने आशा गर्दछु । आनावश्यक अफबाह फैलाएर मजा मान्ने तत्वहरु प्रति सावधान हुन हार्दिक अपिल गर्दछु एजेन्डालाई साथ दिने आदरणीय व्यक्तित्त्वहरु सामाजिक सस्था भित्र बस्दा झन्डा होइन एजेन्डा प्रमुख भएर एजेन्डा पूरा गर्ने कार्य दिशामा अगाडी बढ्न हुन हार्दिक अपिल गर्दछु । सर्त सहित झन्डा प्रधान होइन एजेन्डा प्रधान बन्नुपर्छ भन्दै एन आर एन पोल्यान्ड बिश्वकै नमुना एन आर एन बन्नु पर्छ भन्ने कुरामा र १२ बर्ष सम्म निरन्तर लागिरहेको सस्थागत हितको लागि निम्न बुदाहरु पूरा हुने सर्तमा र तीन महिना भित्रमा एन आर एन पोल्यान्ड कार्यालय , वेबसाईट निर्माण बिधान नेपाली अङ्ग्रेजीमा पनि हुनै पर्ने यदि तीन महिनामा वेबसाईट र एन आर एन पोल्यान्ड कार्यालय न भएको खन्डमा १२ बर्ष एन आर एन मुभमेन्टमा लागेको व्यक्तिले बिद्रोह पनि गर्ने अधिकार सुनिश्चित गर्दै म मेरो उम्मेदवारी फिर्ता लिएको थिए । कृपया मेरो उम्मेदवारी फिर्तालाई सस्थागत हितको लागि सोचिएको एक कोषेढुङाको रुपमा बुझिदिन हुन देश बिदेश राष्ट्रिय अन्तर्राष्ट्रिय मिडिया कर्मी बौद्दिक वर्ग एवं आदरणीय अग्रज एन आर एन केन्द्रीय व्यक्तित्व इनास केन्द्रीय बिभाग सबैलाई यो जानकारी गराउदछु ।
के के सर्तमा मैले छोडेको थिए ?

झन्डा होइन एजेन्डाको बिजय हुनुपर्छ भन्ने सर्तमा ।

१) बिश्वकै एक नमुना एन आर एन ए पोल्यान्ड बनाउने ( यो बुदा सफल यो मानेमा भएको छ कानेखुशी गरेर दुई उम्मेदवार बिच मात्र कुरा गरेर भएको सहमति थिएन सर्त आम जनसमुदायमा राखेर काम गर्ने प्रतिबद्धता सबैको अगाडि जाहेर गराएर छुट्टै प्रयोग र एजेन्डाले स्थान पाउने गरि फिर्ता भएकोले बिश्वकै एन आर एन हरुको लागि नया सन्देश भर्को छ जसको साक्षी बेल्जियम्बाट आउनु भएका आइ सि सि सदस्य पदम गुरुङ हुनुहुन्छ ।)
२) एन आर एन पोल्यान्ड कार्यालय स्थापना गर्ने ( एक महिना देखि तीन महिना भित्रमा कार्यालय खोल्ने सर्तमा )
३) एन आर एन वेबसाईट तयार पारेर एन आर एन गतिविधि प्रसारित गराउने ( तत्काल १ देखि ३ महिना भित्रमा पुरा गर्ने सर्तमा )
४) एन आर एन पोल्यान्ड पोल्यान्डका १६ क्षेत्रमा उपस्थिती हुने गरि एक विशाल एन आर एन ए पोल्यान्ड निर्माण गर्ने ( हरेक ठाँउ बिभिन्न संयन्त्र मार्फत पहल गर्ने गराउने सर्तमा )
५) एन आर एन पोल्यान्डले शुरुवात गरेको इमर्जेन्सी फन्डलाई निरन्तरता दिदै प्रभावकारी बनाउने ( पूरा गर्ने सर्तमा )
६) एन आर एन पोल्यान्डको प्रतिनिधित्व हरेक क्षेत्रमा सबल बनाइने ( पूरा गर्ने सर्तमा )
७) पोल्यान्ड भित्र रहेका कलाकारहरुको बारेमा विशेष योजना अगाडि सारिने ( योजना अगाडि सारिने सर्तमा )
८) एन आर एन पोल्यान्डमा बिधानमा छल्फल गरि उपाध्यक्षको लागि पनि अनिवार्य महिला हुनु पर्ने व्यवस्था गर्न लागि पर्ने ( यसको लागि छलफलमा ल्याएर प्रस्ताव पारित गराइने सर्तमा
९ ) बिधानलाई नेपालीमा र अङ्ग्रेजीमा उल्था गरि सबैले पढ्ने र बुझ्ने गराइने सर्तमा
१०) विभिन्न समिती उपसमितिलाई प्रभावकारी गराइने सर्तमा
११) पत्रकार बुद्दिजिवी बिचमा समन्वय गराइ समय समयमा बहसको थालनी गराइने सर्तमा
११) हरेक पदाधिकारीमा हामी हाम्रो एन आर एन भन्ने सोचको विकास गराइने सर्तमा
१२) पोल्यान्ड रहेका विभिन्न व्यवसायीहरुसित समय समयमा छलफल गराएर उनिहरुका समस्या र समाधानको लागि सक्दो पहल गर्ने सर्तमा
१३) भिजिट नेपाल सम्बन्धि बिशेष कार्यक्रम गरिने सर्तमा
१४) हालसम्म एन आर एन ए पोल्यान्डले गर्दै आएको विभिन्न कार्यक्रमलाई बैज्ञानिक ढङ्गबाट पोलिश समुदायसित पनि परिचित गराइने सर्तमा
१५)नेपाली समुदायको लागि स्वास्थ्य सम्बन्धि बर्षमा कम्तिमा २ पटक परामर्श सेवा सन्चालन गरिने सर्तमा
१६) पोल्यान्डमा भएका विभिन्न सन्स्थाहरुसित सहकार्य गर्ने सर्तमा
१७) नेपाल नेपालीको लागि समय समयमा विभिन्न कार्यक्रम गरिने सर्तमा
१८) विभिन्न राजनीतिक दलहरुसित आवश्यक समन्वय गरि समय समयमा रचनात्मक कार्यक्रमहरु गरिने सर्तमा
१९) अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन नीति अवलम्बन गरिने सर्तमा
२०) एन आर एन केन्द्रले उठाउदै आएको दोहोरो नागरिक्ता लगायत विभिन्न राष्टृय बुदाहरुलाई सकृय रुपमा साथ दिन अगाडि बढ्ने सर्तमा
२१) खेलाडीहरु कला साहित्यको लागि विशेष कार्यक्रम गरिने सर्तमा
२२) पोल्यान्डमा विभिन्न ठाउँमा काम गर्नेहरुको लागि एन आर एन ए भनेको यो हो भनेर स्पष्ट पारिने विभिन्न क्षेत्र कम्पनीमा एन आर एन पोल्यान्ड सम्बम्धी गतिबिधी जानकारी गराइने विशेष संयन्त्र विस्तार गरिने सर्तमा
२३) बिद्यार्थीहरु लगयात अन्य इमिग्रेसन सम्बन्धी केही जानकारी को लागि एन आर एन सूचना डेस्क स्थापना गरिने सर्तमा ।२४) बिश्वकै एक मात्र नमुना एन आर एन बिकास गर्दै हरेक ठाउँमा एन आर एन पोल्यान्डको उपस्थिति जनाउने संयन्त्र बिकास गर्ने
२५) नेपाली बाल बच्चाहरुको लागि बिशेष कार्यक्रम ल्याइने सर्तमा
२६) निवर्तमान समितिले गर्दा गर्दै पूरा नभएका कामहरु निवर्तमान समितिलाई नै क्रेडिट जाने गरि कामहरु सम्पन्न गरिने सर्तमा
२७) नेपाली क्यालेन्डर प्रकाशित गरेर विभिन्न ठाउँमा पठाइने यो बारेमा सोच्न सकिने यो बुदामा कुनै सर्त नभएको
२८) एक पटकको नेपाली सधैको नेपाली भन्ने नारालाई आत्म्साथ गरेर समितिलाई अगाडि बढाइने
२९) हरेक वर्ग समुदायलाई कानुनी काम गर्न प्रेरित गर्ने र कानुनी र गैर कानुनी काम सम्बन्धी समय समयमा बहस गरिने सर्तमा
३०) एन आर एन पोल्यान्डले अन्य संघ संस्था र व्यक्तिको सामाजिक कार्यक्रममा सके साथ दिने नसके प्रेरित गरेर भए पनि उनिहरुको उर्जालाई विभिन्न रचनात्मक भुमिकाले अगाडि बढाइने एन आर एन भित्र न भएर बाहिर बसेर पनि नेपाल र नेपालीहरुको लागि काम गर्ने व्यक्ती सन्स्थालाई बिशेष सम्मान गरिने सर्तमा
३१) पोल्यान्डमा नेपाली दुताबास एवम कन्सुलर राख्नको लागि पहल गरिने सर्तमा
३२ : गैर कानुनी कामलाई गैर कानुनी पेशा बनाएर बस्ने व्यक्तिहरु सस्था भित्र हुनुहुन्न भन्ने बारेमा छलफल बहस अगाडि बढाउने सर्तमा
एजेन्डा प्रमुख हुँदै विभिन्न समुदायसित एजेन्डा प्रमुखको हैसियतले छलफल गर्ने गराउने सर्तमा र उक्त एजेन्डा एन आर एन समितिमा पुर्याउने सर्तमा
हनरी सदस्यको सर्तमा

कार्यालय प्रमुखको हैसियतले एजेन्डा पारित भएर कार्यान्वयन गर्नको लागि निर्णयहरुमा सुधार गर्न गराउने भुमिका प्राप्त हुने सर्तमा मेरो उम्मेदवारी फिर्ता लिएको जानकारी देश बिदेशका हरेक व्यक्तिहरुलाई गराउदछु ।

मित्र लाल पार्दे
वारसवा पोल्यान्ड

प्रतिक्रिया