कतारमा मुग्लानीको ७५औ वाचन डबली सगै मोतिराम भट्टको १५४औ जन्म जयन्ति मनाइयो ।

इनेप्लिज २०७६ भदौ १५ गते ६:५८ मा प्रकाशित

कतार ।

सन्ध्यग्रुप अल्खोर कतारको आयोजनामा युगकवि मोतिराम भट्टको १५४औ जन्म जयन्ति तथा मुग्लानी सौगातको ७५औ वाचन डबली कतारमा हिजो ३० अगष्टमा नज्मा स्थित युनिक रेस्टुरेन्टमा भब्यताका साथ सम्पन्न भएको छ।

सन्ध्यग्रुप अल्खोर कतारका का.वा अध्यक्ष गणेश क्षेत्रीको सभापतित्व तथा अनेसास कतार च्याप्टरका अध्यक्ष प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा मोति पुरुस्कारबाट बिभुषित वरिष्ठ साहित्यकार बिस्वबिमोहन श्रेष्ठ,सन्ध्याग्रुपका सल्लाहकार राम प्रसाद पराजुली,नवोदित साहित्य वाचनालय कतारका अध्यक्ष दिलिप पराजुली,नेपाल प्रबासी तामाङ समाज कतारका अध्यक्ष धिरेन तामाङ, म्हेन्दोमाया समाज कतारका अध्यक्ष प्रकाश मम्ब तामाङ,प्रदेश नम्बर १ समन्वय परिषद कतारका सचिब निरण नेपाल लगाएत अतिथिहरुमा साहित्यकार बिनोद खड्का, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु लगाएत दर्जनौ नेपाली साहित्य अनुरागीहरुको उपस्थिति रहेको थियो।

कुशे औसी तथा १५४ औ मोति जयन्ति साथै मुग्लानी सौगातको नियमित बाचन श्रृङखलाको ७५औ वाचन डबली समेत पर्न गएको एउटा सम्योग रहेको थियो साथै लन्डन स्थित नेपाली साहित्य समाजको सम्मेलनबाट फर्किदै गर्दा ट्रान्जिटमा रहनु भएका बरिस्ठ साहित्यकार बिस्वबिमोहन श्रेष्ठ समेतको सहभागीताले कार्यक्रम अत्यन्तै सभ्य भब्य रुपमा सफल र सम्पन्न भएको थियो।

कार्यक्रममा युगकवि मोतिराम भट्टको तस्बिरमा माल्यार्पण गरि सम्मान गरिएको थियो भने सम्क्षिप्त जिवनी अर्जुन पौडेलले पढेर सुनाउनुका साथै आफ्नो गजल समेत बाचन गरेका थिए।

कार्यक्रममा कतारमा रहेर साहित्यमा कलम चलाउने दर्जनौ साहित्यकारहरुले आफ्ना रचनाहरु बाचन गरेका थिए जसनुसार खेम सुवेदी( गजल), बिनोद खड्का( कबिता), सिताराम थापा( कबिता),लेख कार्की( गजल), दिप प्रदिप कुमार( गजल), सावित्री गिरि(गजल,मुक्तक),दिलिप पराजुली( गजल),कला भट्टराई ( गजल),पावेल उपाध्याय ( गजल),निरन नेपाल( गजल),मणि पौडेल ( गजल) र राम प्रसाद पराजुली( गजल) लगाएत ब्यक्तित्वहरुले आफ्ना रचना राखेका थिए।कार्यक्रममा वरिष्ठ साहित्यकार बिस्वबिमोहन श्रेष्ठ ले बोल्दै कतारमा रहेर आफ्नो ड्युटीमा रहेर पनि यसरी नेपाली साहित्यलाई माया गरेको देख्दा साह्रै आफू खुशी रहेको बताएका थिए।त्यसगरी यस कार्यक्रममा उपस्थित हुने अवसर जुराउने हुने साहित्यकार बिनोद खड्का ,प्रेम प्रसाद भट्टराई लगाएत सम्पुर्णमा धन्यवाद दिदै “त्यो अपराधि मै हु” बोलको कबिता बाचन गरेका थिए।

कार्यक्रमका सुभकामना मन्तब्य राख्नेहरुमा प्रकाश मम्ब तामाङ र धिरेन्द्र तामाङ रहेका थिए त्यसैगरी प्रमुख अतिथी प्रेम प्रसाद भट्टराईले बोल्दै आजको मुग्लानी सौगातको ७५ औ वाचन डबली,युगकबी मोतिराम भट्टको १५४ औ जन्म जयन्ती,कुसेऔसी बुवाको मुख हेर्ने दिन साथै बरिस्ठ साहित्यकार बिस्वबिमोहन श्रेष्ठको उपस्थितिको संयोगले आजको कार्यक्रम अत्यन्तै सफल रहेको महसुस गरेको बताउदै यसरी नै नेपाली साहित्यलाई अगाडि बढाउनुपर्ने बताउदै आफ्ना दुईओटा गजल बाचन गरेका थिए।

कार्यक्रमको अन्त्यमा सभापती गणेश क्षेत्रीले उपस्थित सम्पुर्णलाई धन्यबाद दिदै आगामी दिनमा पनि सबैसङ्ग सहकार्य गर्दै अगाडी बढ्ने र आजको कार्यक्रम सफल बनाउन योगदान पुर्याउनुहुने सम्पुर्णमा धन्यबाद दिदै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए भने स्वागत मन्तव्य सस्थाका सदस्य श्री पाख्रीन तामाङ तथा सहजीकरण सन्तोष केसीले गरेका थिए ।

प्रतिक्रिया