एनआरएनए चीनकी भाउजु

इनेप्लिज २०७६ भदौ १३ गते १५:४६ मा प्रकाशित

एनआरएनए चीन २००७ एडीमा स्थापना भएको थियो । हामी त्यो बेलामा १०-१५ जना जम्मा भएर स्थापना गरेको संस्थामा अहिले एउटा चच्याङ् क्षत्रिय कमीटी सहित ३०० जना पंजीकृत सदस्यहरु आबद्द छन । यहा प्रायः सबै ब्यापारी नै बसोबास गर्छन। सबैको काम भनेको चीनबाट बिभिन्न दैनिक प्रयोगका सामान देखी कलकारखानाका मेशनरी र यसका कच्चा पदार्थ नेपाल भारत लगायत युरोप र अमेरिका निर्यात गर्नु हो।

एनआरएनए चीनको महिला संयोजकको भुमिका निर्वाह गर्दा गर्दाै पोखराकी अमृता ( कंचन) थापालाई एकाएक कार्यवाहक अध्यक्षको भुमिका निर्वाह गर्नु पर्ने बिषम परिस्थिति आई पर्यो । यसको कारण थियो, हाम्रो प्रिय दाजु तथा तत्कालीन अध्यक्ष सुन्दर थापा तथा उहाको प्यारो श्रीमान क्यान्सरले अल्पायुमै अप्रत्याशित मृत्यु हुनु । सुन्दर थापा हामी सबैको दाई तथा अभिभाबक हुनहुन्थ्यो त्यसैले हामी उहाकी धर्मपत्नी कंचन थापालाई सबैले भाउजु भनेर सम्बोधन गर्थ्यो । त्यस पछि उहालाई एनआरएनएका एनसिसी देखी आईसिसी सम्मका सबै सदस्य देखी पदाधिकारीले समेतले भाउजुको नामले बोलाउन थाले।

भर्खरै एक शशक्त अध्यक्षको मृत्यु भएको थियो र एक महिला संयोजकले कार्यवाहक अध्यक्षको जिम्मावारी बहन गर्नु परेको थियो ।संस्थामा महासचिब, उपाध्यक्षहरु नभएका पनि होईनन, कसैले पनि यै हो मौका भनेर कार्यकारी अध्यक्षको पदको दाबी गरेनन, बरु भाउजुलाई कार्यकारी अध्यक्षको पदको जिम्मादिई स्वर्गीय दाजु सुन्दर थापालाई एउटा सच्चा श्रदान्जली हुने ठानेर हामीले भाउजुलाई कार्यकारी अध्यक्षको रुपमा संस्था हाक्न अनुरोध गर्यौ ।

भर्खरै त्यत्रो बज्रपात भएको थियो र आफुले आफुलाई सम्हाल्न नसक्ने स्तिथिमा पनि भाउजुले संस्थाको लागी हाम्रो अनुरोध सहर्ष स्विकार्नु भयो । भाउजुले कार्यवाहक अध्यक्षको ज़िम्मेवारी २०१३-२०१५ को कार्यकालमा लिनुभएको थियो । २०१५-२०१७ कार्यकालमा पुन नेतृत्व चयनको तयारी भयो। बिबिध कारणले बैचारिक मत बाझिए पछि स्वत: दुईधारमा ध्रुबीकरण भयो ।

मिलेर अघि बढन सहमति जुटन सकेन । त्यसैले जुधेर लडेर रमीता गर्नु भन्दा लौ ठीक छ तपाईहरुनै संस्था चलाउनुस र राम्रो गर्नुस भनेर उहाहरुलाई नै छोडीदिनु भयो । जस्ले गर्दा संस्थामा केही अपरिपक्क, ब्यक्ती गत स्वार्थले लिप्त झुन्डहरुले सामुहिक रुपमा निर्बिरोध प्रबेश पाए । त्यसपछि संस्था दिन दुई गुना र रात चौगुना शिथिल हुदै गयो । त्यही बेलामा भुकम्पले देशलाई शिथिल बनायो र बाढी पिडीतको लागी भनेर संस्थाले नेपाली डेढ करोड उठायो ।

तर त्यो पैसा संस्थाको तत्कालीन अध्यक्ष र आईसीसी मिलेर कोषाध्यक्ष लाई झुक्याएर त्यो रकम धेरै महिना सम्म आफैले प्रयोग गरे ।अन्तिम समयमा केन्द्रीय अध्यक्ष शेष घलेले हस्तक्षेप गर्नु परेको थियो । बल्ल तल्ल २०१५-२०१७ को कार्यकाल सकिदै थियो र नया चुनाबी माहोल तात्दै थियो। बिबिध कारण र चुनाब आयुक्त र केही एनआरएनका केन्द्रीय प्रतिनिधि पात्रहरुको मुर्खता र अदुरदर्शी निर्णयले चुनाबको दिनमा सबै प्रकृया पुर्याएर बिधिबत रुपमा नाम दर्ता गरेका आईसिसि उमेदवार देखी उपाध्यक्षहरुको नाम बन्द कोठाभित्र बसेर काटिदिदा एनआरएनए चीन ठुलो दुर्घटनामा पर्यो ।

२०१७-२०१९ को लागी एनआरएनए चीन नेतृत्व बिहिन हुन पुग्यो । पुरानो कमिटी भंग भै सकेको थियो । नया कमिटी बन्न सकेको थिएन । तेत्रो सुनौलौ ईतिहास बोकेको एनआरएनए चीन एकाएक सुन्य मा झर्यो ।

संसार भरी यो खबर चैत बैशाष को आगो झै फैलीयो । तर एनआरएनए चीनको सौभाग्य भाउजु “ कंचन थापा” कोप्टेड आईसीसी सदस्य मा चुनिनु भयो । यो अबसर एनआरएनए चीनको लागी कोसेढुंगा साबित हुनपुग्यो । यत्रो ईतिहास बोकेको संस्था यसरी एकाएक मुर्छित परेको देख्दा केन्द्रले पनि सक्दो मिहेनेत गरेर एसिया प्यासिफिकका संयोजक किरण थापा पनि दुई चोटी चीन आए ।

हंगकंगमा भएको भेटघाटमा अध्यक्ष भबन भट्टले पनि सक्दो प्रयास गरे । हंककंगमा भएको एसिया प्यासिफिक रिजनल मिटिङमा पनि सबै एनआरएनएको पदाधिकारीहरुवे पनि पुर्ण प्रयास गरेका थिए । तर संस्था डुबे डुबोस तर मै आउनु पर्छ भन्ने स्वार्थी मानसिकताले भरिएका बाँदरहरुको जिदको अगाडी केही लागेन । उल्टो भाउजुले कोप्टेड आईसिसि सदस्य पाएको झोकमा केही उच्छृंखल तथा मानबता हराएका अमानबहरुले उहालाई तल्लो स्तरमा गाली गलौज गरेर बिभिन्न पत्रिकामा समेत उहाको नाम छापेर उहालाई बदनाम गराउने असफल प्रयास गरिरहे ।

सत्य डग्दैन, झुठो टिक्दैन भनेझै, जस्ले जे भने पनि जस्ले जति खोईरो खने पनि उहाको संकल्प र लक्ष्य भनेकै एनआरएनए चीनलाई पुन पहिलाकै स्थितिमा ल्याउनु थियो । र उहा निरन्तर लागी रहनु भयो र उहालाई साथ दिए पुराना कमिटीका साथीहरुले, भाउजुको अथक प्रयास पछि भाउजुले काठमाडौमा गएरै अध्यक्ष महासचिव र क्षेत्रिय संयोजक लाई भेटी तदर्थ कमिटी गठन गर्ने स्विकिर्ति पत्र लिएर आउनु भयो ।

सफलता पुर्बक तदर्थ कमिटी गठन पनि भयो । यसमा अध्यक्ष सुदेश कुमार झा भए भने महासचिव सुशील बेलबासे, यही कमिटीले ८ महिनाको समयमा सफलता पुर्बक २०१९-२०२१ को लागी चुनाब घोषणा गरी ,सारा चुनाबी प्रकृया पुरा गरी कानुनसम्मत बिधान सम्मत पुर्ण कार्य समिति निरबिरोध चयन गर्यो ।

जस्ले आईसिसिमा नबिन बिक, अध्यक्षमा प्रदीप न्यौपाने र महासचिबमा यम बहादुर क्षत्री सहितको पुर्ण कार्य समिति चयन भएको छ, भाउजुले आफुलाई अनाबस्यक आक्षेप लागाउने सामाजिक कुतत्वहरुलाई सतिसाल जसरी अडिग रहेर नया कार्यसमितिको उपहारले जवाफ दिएकी छन ।

तदर्थ समिति देखी यो नया कार्यसमिति चयनमा भाउजुले एउटा घरमुलीले खेल्नुपर्ने अभिभावको भुमिका खेलेर एनआरएनए चीनलाई कहिल्यै बिर्सन नसक्ने गुन लगाएकी छन। भाउजुको अथक प्रयास र चीनबासी पंजीकृत सदस्यहरुको सुभेच्छाले निर्बिरोध गठन भएको नया कार्य समितिलाई धेरै अबसर र चुनौतिका चाङ छन । यसमा कसरी खरो उत्रिन सकिन्छ भनेर भाबी कार्य योजना र सबैलाई समेटेर पुराना गल्ती बाट पाठ सिक्दै अघि बढ्नु पर्ने भाउजुको सुझाब छ।

प्रतिक्रिया