पार्टीमा मैले कसैसँग आत्मसमर्पण गरेको छैन् (भिडियोसहित)

इनेप्लिज २०७६ भदौ १२ गते २१:४१ मा प्रकाशित

काठमाडौं, १२ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा प्रचार-प्रसार विभाग प्रमुख नारायाणकाजी श्रेष्ठले आफूले पार्टीभित्र कसैसँगपनि आत्मसमर्पण नगरेको स्पष्ट पारेका छन् । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले भने,”आत्मसमर्पण कसरी हुन्छ ? मैले कहिल्यैपनि स्कुल विभाग प्रमुख चाहिन्छ भनेर भनेको थिईँन् । मलाई यो पद चाहिन्छ, म छोड्दै छोड्दिन भनेर कहिल्यैपनि भनेको थिईँन् । हामीले आ-आफ्नो रुचिको विषय राखेका हौं । तर, पार्टीले गर्ने सबै निर्णयलाई हामीले मानेर अघि बढ्नुपर्छ । यसको लागि आफ्ना रुचिहरु पनि गौण बनाउनुपर्छ ।”

उनले आफू र स्कुल विभाग प्रमुख इश्वर पोखरेलबीच कुनै विवाद नै नरहेको पनि स्पष्ट पारे । उनले बरु पार्टी सामूहिक नेतृत्वमा अघि बढ्ने सुनाए । स्कुल विभागको नेतृत्व आफूलाई दिँदा राम्रोसँग चलाउन सक्छु भनेर भनेको चाहीँ उनले स्विकार गरे ।

प्रतिक्रिया