तिज बिषेश साँस्कृतिक कार्यक्रमकालागी कलाकार कतारमा

इनेप्लिज २०७६ भदौ १२ गते १०:१२ मा प्रकाशित

कतार ।

दाङ देउखुरी सेवा समाज दोहा कतारले आयोजना गरेको तिज विषेश कार्यक्रमका लागी कलाकारहरु कतार आईपुगेका छन ।

आगमी ३० अगष्ट अर्थात भोली शुक्रवारका दिन कतारको सनैया स्थित डल्ला ड्राभिङ्ग एकेडेमीको हलमा सम्पन्न हुन गईरहेको उक्त कार्यक्रमका लागी लोक तथा दोहिरी गायिका मिना बुढाथोकी, हाँस्य कलाकार हरी प्रसाद दुलाल, डान्सरद्वय रजिना महर्जन र मिना लामा बुधबार बिहान कतार आएका हुन भने कार्यक्रमको सिलसिलामा देश बाहिर रहेकी लोक तथा दोहोरी गायिका भूमिका गिरी पनि हिजो बुधबारकै दिन उक्त कार्यक्रमका लागी कतार आईपुगेकी छिन ।

कार्यक्रम जिल्लामा रहेका गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृतिकोष सहयोगार्थ आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको हो ।

विषेश गरेर नेपाली नारिहरुको महान पर्व हरितालीका तिजको अवसर पारेर आयोजन गरिएको उक्त कार्यक्रममा महिलाहरुलाई भने प्रवेश निस्शुल्क गरिएको छ साथै अन्य पुरुषहरुलाई प्रवेशका लागि कतारी रीयाल ३५ को टिकट र भिआईपीका लागि करी १०० तोकिएको आयोजकले जनाएको छ ।

 


तस्वीर सौजन्य बसन्तराज पुरी फेसबुक वालबाट

प्रतिक्रिया