एनआरएनए-एनसीसी, अमेरिकाको प्रेस बिज्ञप्ति !

इनेप्लिज २०७६ भदौ १० गते १:३८ मा प्रकाशित


प्रेस बिज्ञप्ति !

मिति August 24,2019 का दिन गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिकाको Kansas City मा “गैर आवासीय नेपाली संघ र स्थानीय संघ संस्था बिचको सहकार्य” सम्बन्धी कार्यक्रम सम्पन्न भयो । मध्यपश्चिम क्षेत्रद्वारा आयोजित उक्त कार्यक्रम Kansas State Chapter ले ब्याबस्थापन गरेको थियो । क्षेत्रीय उपसभापति बुद्धि सुबेदी को सभापतित्व मा संचालित कार्यक्रमको प्रमुख अतिथि गैर्-आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिका का अध्यक्ष सुनिल साहले गर्नु भएको थियो । अमेरिकाज क्षेत्रका संयोजक गौरी राज जोशी बिसिष्ठ अतिथि र ICC सल्लाहाकार हरिबोल भण्डारी साथै बर्तमान तथा निबर्तमान केन्द्रिय समितिका पदधिकारि,भू पु तथा बर्तमान सल्लहकार, विभिन्न पदमा पदासिन पदाधिकारी तथा स्थानिय नेपली संस्थाका सामाजिक अभियन्ता ज्यु हरु अतिथि भएको कार्यक्रम मा Kansas State Chapter अध्यक्ष फिलिप केसी ले स्वागत मन्तब्य दिनुभएको थियो ।

बिशेष गरि Mid-West क्षेत्र मा कार्यरत स्थानीय अन्य नेपाली संघ सस्था संग के कसरि सहकार्य गर्न सकिन्छ र सबैलाई समेटेर सामुहिक कार्य गर्न को लागि एन आर एन अमेरिकाले के कस्तो भूमिका खेल्नु आवस्यक छ भन्ने बिषय मा सबै जना बक्ताहरुले सकारात्मक धारणा राखेका थिए । कार्यक्रम का प्रमुख अतिथि अध्यक्ष सुनिल साह ले एन आर एन भनेको हामि नेपाली सबैको साझा सस्था रहेको र हामि सबै जना कानुनि रुपमै एन आर एन भएका हुनाले हामीले स्थानिय सबै संघ सस्थाहरु संग एक आपसमा सहकार्य गरेर सबै नेपालीहरु लाई लाभ हुने कार्यक्रममा सहभागी हुनु पर्ने कुरा मा जोड दिनुभएको थियो । अध्यक्ष सुनिल साहले निवार्चनमा सहभागि भै आफु लगायत बर्तमान निर्वाचित टिम लाई बिस्वास गरेर आफ्नो अमुल्य मत दिई बिजय बनाउनु भएकोमा सम्पूर्ण मतदाताहरु लाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रम मा “गैर आवाशीय नेपाली संघ र स्थानीय संघसंस्था बिचको सहकार्य” बिषयमा डा यादब पण्डित र गोपेन्द्र भट्टराई ले कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रम मा कान्सास सहरमा एक नेपाली कम्युनिटि सेन्टर बनाउने बिषय मा छलफल भएको र सहभागी सबैजनाले आ-आफ्नो तर्फ बाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो । उपस्थित सम्पूर्ण अतिथि लगाएत सबै सहभागीहरु लाई धन्यवाद दिदै उक्त कार्यक्रम को समापन कार्यक्रमका सभापति बुद्धि सुबेदी ले गर्नु भयो ।

धन्यवाद !

ओम भट्टराई
प्रवक्ता, एनआरएनए-एनसीसी, अमेरिका

प्रतिक्रिया