भरत दहालको खुलासा : रवि बारे प्रचण्डको विषेश रूची तर ,छुटने सम्भावना कम।

इनेप्लिज २०७६ भदौ ९ गते १०:५० मा प्रकाशित

राजनीतिक विश्लेषक भरत दहालले सालिक राम पुडासैनी को मृत्यु प्रकरणमा रबि लामिछाने को गिरफ्तारी गर्नु कुनै आवस्यकता नै नभएको भन्दै कुनै भिन्न राजनीतिक उदेश्य र स्वार्थ पूरा गर्न रबिलामिछानेको विषयलाई हतियार बनाउन खोजीएको भन्दै गिरफ्तारीको कडा आलोचना गरेकाछन । अदालत सधै भरी सत्ताको अनुकुल हुने भएकोले रबिले न्याय पाउने सम्भावना कम भएको भन्दै ,रबिलाई आफुअनुकुल काम गर्न लगाउने स्वार्थको बार्गेनिङ नमिल्दा सम्म रबि छुट्ने सम्भावना न्यून हुने बताएका छन ।

रबिको समर्थनमा आएको जनसमर्थन अत्यन्त सकारात्मक भएपनी जनताको यस्तो खाले जागरण , भावना र संघर्षलाई पटक पटक गलत तत्वले आफ्नो फाइदाका निम्ति गलत तरिकाले उपयोग गरेको स्मरण गर्दै मुलुकको ठोस आवस्यकता केहो भन्ने कुरा बुझेर दीर्घकालीन नीति र कारेक्रमले मात्र समस्याको निकास हुने भएको ले जनताले सचेतता पुर्वक आफ्नो भुमिकालाई रचनात्मक बनाइराख्नु पनि आवस्यक रहेको बताएका छन ।

प्रतिक्रिया