के.पी. वली कै कारण वर्ष भित्रै राजा आउने संकेत – राधाकृष्ण मैनाली ( पूर्व मंत्री ) – भिडियो अन्तर्वार्ता

इनेप्लिज २०७६ भदौ ७ गते १२:४६ मा प्रकाशित

काठमाडौं– वरिष्ठ राजनीतिज्ञ राधाकृष्ण मैनालीले वर्तमान प्रधानमन्त्री ओलीसँग प्रशासन चलाउने कुनै पनि क्षमता नभएको आरोप लगाएका छन् । शुक्रबार सुत्र टिभीको ‘सुत्र बहस’ मा कुरा गर्दै पूर्वमन्त्री समेत रहेका मैनालीले वर्तमान प्रधानमन्त्री केपी ओलीकै कारण गणतन्त्र र वर्तमान व्यवस्थामाथि खतरा भएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री ओलीले सबै कुरा जान्ने मै मात्रै हुँ भन्ने अहंकार पालेकाले र विज्ञहरुको कुरा नसुन्दा देशको अवस्था झन् झन् विग्रिदैँ गएको दावी गरे । उनले नेकपाका नेताहरु आफ्नै स्वार्थमा लिप्त हुँदा देशमा विकास हुननसकेको भ्रष्टाचार उत्कर्षमा पुगेको बताए । उनले नेकपाका शीर्ष नेताहरु कम्युनिष्ट बन्ने त परैको कुरा संस्कारिक समेत बन्ननसकेको आारोप लगाए । उनले प्रश्न गरे, एउटा नेता स्वास्थ्य उपचारमा जाँदा अर्कोले दिएको स्वास्थ्यलाभको कामना समेत ग्रहण गर्ननसक्ने यो कस्तो राजनीतिक संस्कार ?

उनले यस्तो राजनीतिक संस्कार बोकेका नेताहरुबाट राष्ट्रमा विकास हुननसक्ने समेत ठोकुवा गरे । उनले वर्तमान प्रधानमन्त्री ओली महाकाली सन्धी भन्दा अघि नेपालको नेता भए पनि त्यसपछि राष्ट्रघाती भएको आरोप लगाए । उनले महाकाली सन्धीपछि केपी ओलीको आर्थिक हैसियत एकाएक उच्च बनेको आरोप लगाए । उनले हिँजो बल्ल बल्ल बसको टिकट काटेर यात्रा गर्ने केपी ओली १० जनासहित जहाज चढ्ने कसरी बने भनेर प्रश्न समेत गरे । उनले वर्तमान अवस्थाबाट मूलुकलाई पार लगाउन पूर्वराजा र वर्तमान राजनीतिक नेतृत्व एक ठाँउमा आउनुको विकल्प नरहेको प्रष्ट पारे । उनले भने, ‘यदि पूर्व राजा र वर्तमान राजनीतिक नेतृत्व एक ठाँउमा आउन सकेनन् भन्ने देश सिक्किमिकरण हुने निश्चित छ ।’

प्रतिक्रिया