कविता : म तिम्रो भक्त

राज श्रेष्ठ २०७६ भदौ ७ गते १:५१ मा प्रकाशित

गरिरहन्छु भक्ति म सधैं ईश्वरको हुँ भक्त
ईश्वर भेट्न चाल्दछु कदम अझै म सशक्त
ईश्वरका जस्ता तिमीमा केही रहेछ गुण् भने
गर्दछु प्रण जीवनमा तिम्रै म भक्त रहने,

मान्छेमै हुन्छ रिस र राग,माया र आवेश
दिएर हेर मान्नेछु तिम्रो म सही आदेश
बनेर हेर तिमीले राम हनुमान् बन्छु म
रावण बन्न खोजेछौ भने रावण् नै भन्छु म,

छ ज्ञान यदि तिमीमा भने फैलाऊ उज्यालो
अज्ञानी मान्छे ज्ञान बॉड्न थाले भैजान्छ ऊ कालो
एउटै खोरका दुई सिंह हामी जान्दछौं क्षमता
तिम्रै हुँ भक्त, छु म सशक्त नलिनू अन्यथा।

-राज श्रेष्ठ
प्लेनभिल, कनेक्टिकट
अगष्ट २३, २०१९

प्रतिक्रिया