मायाको कुरा गर्दै सन्दिप र समिक्क्षा ( भिडियो

इनेप्लिज २०७६ भदौ ४ गते १०:२० मा प्रकाशित

२०७० सालमा ” मज्जा छुट्टै ” एल्बम सार्वजनिक गरिसकेका गायक सन्तोष अधिकारी नेपाली गीत संगीत क्षेत्रमा परिचित नाम हो । हाल युरोपमा रहेका गायक अधिकारीले ७० साल यता सिंगल ट्रयाक निक्लादै आइरहेका छन। करिव ५ बर्ष शास्त्रीय संगीत सिकेका उनले गीत , गजल र क्लासिकल फ्लेभरका गीत संगीत मार्फत स्रोता दर्शकलाई मनोरन्जन दिदै आइरहेका छन ।

करिव २ वर्षको अन्तराल पछि उनि फेरि आफ्नो उत्कृस्ट अर्ग्यानिक टेस्टको ” चौतारीको बर ” बोलको म्युजिक भिडियो लिएर दर्शक स्रोता माझ आएका छन। यस गीतमा स्वर सन्तोष अधिकारीको रहेको छ भने लय संकलन चर्चित संगीतकार दिपक शर्माको रहेको छ । गीतका शब्द सुमन बैरागी पण्डितले लेखेका हुन।

रमाइलो डानसिङ प्याट्रनको गीतमा सन्दिप क्षेत्री र समिक्क्षा पोखरेलको अभिनय रहेको छ । भिडियोलाई प्रशान्त तामाङले कोरियोग्राफी गरेका हुन । चौतारीको बरको वरीपरि शुट गरिएको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन भने बिकाश दहालले सम्पादन गरेका हुन । अर्जुन अधिकारीको निर्देशनमा बनको भिडियोलाई दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

प्रतिक्रिया