फेरि आधा दर्जन एल्बम लिएर आउँदै बी बी थापा

इनेप्लिज २०७६ भदौ ३ गते १०:५९ मा प्रकाशित

काठामाडौं : हालसालै २७ एल्वम एकैसाथ रिलिज गरी वल्ड बुक अफ रेकर्डस् (World Book of Records) मा आफ्नो नाम लेखाउन सफल चर्चित तथा बरिष्ठ गीतकार बी बी थापा फेरि आधा दर्जन एल्बम लिएर आउने भएका छन् । यि एल्वमहरुमा चर्चित संगीतकारहरू र गायक गायिकाहरूको स्वर रहनेछ । दशैं गीतबाट रेकर्डिङ शुरू गरेका थापाले आफ्नो एल्बमका गीतहरू संगीत तथा एरेन्ज लगभग आधी भन्दा बढी सकिएको बताएका छन् ।

दशैं गीतमा चर्चित गायक रूपक डोटेल, कौशलराज, संजय बडालको सामुहिक स्वर र नारी आवाजमा शिलु तथा आद्रिकाको स्वर रहेको छ । उक्त गीतमा लाहुरेको पिडा र गरिबीको व्यथा झल्किएको गीतकार थापाले बताए । मनोज चौलागाईको संगीत र संयोजन रहेको गीत यसै हप्ता छायांकन हुँदैछ ।

प्रतिक्रिया