नेपालीहरुलाई काव्य साहित्यका माध्यमबाट जोड्दै विश्व काव्य यात्रा शुरु गर्ने प्रसिद्ध कवि एबम गीतकार बसन्त चौधरीको काव्य यात्राको अर्को श्रृङ्खला क्यानडामा हुने भएको छ । यही सेप्टेम्बर ८ आईतबारका दिन टोरोन्टोमा बसन्त चौधरीको विशेष काव्य वाचन प्रस्तुति हुने भएको छ । नेपाली साहित्य समाज, क्यानडाको आयोजनामा हुने यस कविता वाचनमा कवि वसन्त चौधरीले आफ्ना चर्चित कविताहरु वाचन गर्नु हुने छन् । बसन्त काव्य साँझका रुपमा आयोजना हुने यस कार्यक्रममा आमन्त्रित काव्य श्रोताहरुको उपस्थिति रहने छ । कार्यक्रममा कवि बसन्तका बारेमा १० मिनटको वृतचित्र प्रस्तुतिसँगै नेपाली भाषा, साहित्य, कला र सँस्कृतिको क्षेत्रमा वहाँले पुर्याउनुभएको बिशेष योगदानको ऊच्च कदर गर्दै नेपाली साहित्य समाज, क्यानडाबाट अभिनन्दन गरिने कार्यक्रम रहेको छ । काव्य वाचनसँगै बसन्त चौधरीको नविनतम् काव्य संग्रह “बसन्त” बिभिन्न नौँ भाषामा अनुदित काव्य कृति ूबसन्तू को आप्रवास लोकापर्ण क्यानडामा आयोजना गरिएको छ । नेपाली साहित्य समाज, क्यानडाले कार्यक्रमलाई सफल बनाउन डा. गोबिन्द रावतको संयोजनमा पाँच सदस्यीय समिति गठन गरेको छ जसमा समाजका अध्यक्ष रबिन थपलियासहीत सचिव खेम गुँरागाई, अनुप न्योपाने र पुण्यसागर मरहट्टा रहेका छन् ।
साहित्य सँगसँगै समाजसेवामा समेत अग्रसर रहदै आउनु भएका कवि बसन्त चौधरी विभिन्न व्यापारिक तथा सामाजिक संस्थाहरुसँग आवद्ध हुनुका साथै भाषा र साहित्यको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको लुनरदास गङ्गादेवी चौधरी फाउण्डेसनको अध्यक्ष हुनु हुन्छ । नेपालको व्यापारिक ब्यबसायिक घराना चौधरी ग्रुपका एक हस्तीका रुपमा परिचित बसन्त चौधरी मोरक्कोको महावाणिज्यदूत हुनु हुन्छ । आयोजकका अनुसार क्यानडामा पहिलोपटक हुन गईरहेको वसन्त चौधरीको एकल कविता वाचन कार्यक्रममा साहित्यानुरागी दर्शकहरुमो मात्र उपस्थिति रहने छ । कार्यक्रममा कवि बसन्तको काव्य संग्रह “बसन्त” को नेपाली र अंग्रेजी भाषामा कविको हस्ताक्षरका साथ लिन सकिने छ । क्यानडापछि वसन्त चौधरीको विश्व काव्य यात्राको श्रृङ्खला अमेरिकामा हुने छ ।
प्रतिक्रिया