तीजको अवसरमा निलिमा पुनले ल्याईन् सन्देशमुलक गीत (भिडियो सहित)

इनेप्लिज २०७६ साउन ३० गते ११:०८ मा प्रकाशित

काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान चाड तीज नजिकिदै गर्दा यस सँग सम्बन्धित गीत र भिडियोहरु डिजिटल बजारमा छ्यासछ्यास्ती आई रहेका छन् । तर यस्ता अन्य गीतहरु भन्दा बिल्कुलै फरक खालको गीत र भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ । जनगायक जीवन शर्माको आफ्नै युट्युव च्यानल Jeewan Sharma मार्फत परदेशी चेलीको बेदना नामको गीतको भिडियो सार्वजनिक भएको हो ।

गायिका निलिमा पुनकै शब्द र संगीत समेत रहेको उक्त गीतको संगीत संयोजन नारायण दंगालले गरेका छन् । बैदेशिक रोजगारका नाममा बिदेशिन बाध्य भएर नेपाली चेलीहरुले भोग्नु पर्ने यातनाको वास्तविकतालाई गीतको अडियो तथा भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा देश तथा बिदेशका विभिन्न स्थानहरु समेटिएका छन् ।

बाँकी यो भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया