नायक आकाश श्रेष्ठ र टिकटक गर्ल उषा उप्रेती अभिनित “जब देखें तिमिलाई” सार्वजनिक [भिडियो ]

इनेप्लिज २०७६ साउन ३० गते १०:५३ मा प्रकाशित

पछिल्लो समयको नेपाली चलचित्रको पार्श्व गायनमा लोकप्रिय कहलिएकी गायिका प्रबिशा अधिकारी र गायक आर.पी. कर्माचार्यको
सुमधुर आवाजमा रहेको यूगल गीत “जब देखें तिमिलाई” को म्युजिक भिडियो सार्बजनिक भएको छ। हालका चर्चित नायक तथा मोडेल आकाश श्रेष्ठ र टिकटकबाट चर्चामा आएकी नब मोडेल उषा उप्रेतीले यसै म्युजिक भिडियो मार्फत अभिनय क्षेत्रमा डेब्यु गरेकी छिन । डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माईलको संगीत र सुमन केसीको संगीत संयोजन रहेको छ।

राजु बिक्रम थापाको छांयाकन रहेको म्युजिक भिडियोमा रोहित बस्नेतको कोरियोग्राफी र रोजल थापाको निर्देशन रहेको छ। निरु कर्माचार्यको निर्माण रहेको म्युजिक भिडियोलाइ डश म्युजिक नेपाल मार्फत सार्बजनिक गरिएको हो।

प्रतिक्रिया